TV बन्द गर्ने व्यवसायीविरुद्ध CIB मा उजुरी


काठमाडौं १० असार । मंगलबार उपभोक्ता हित संरक्षण मञ्चले इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायकविरुद्ध केन्द्रीय अनुसन्धान ब्यूरो  (CIB) मा उजुरी दर्ता गरेको छ ।
 उपभोक्ता हित संरक्षण मञ्चले   वागेश्वरी केवल टेलिभिजन प्रालिका सञ्चालक लक्ष्मीनारायण शाह   र  सुविसु केवल नेट प्रालिका सञ्चालक सुधिर पराजुली विरुद्ध उजुरी दर्ता गरेको हो ।
टेलिभिजन  तथा इन्टरनेट  सेवामा विदेशी टेलिभिजन प्रशारणमा अवरोध पुर्‍याइ करोडौं रकम भुक्तानी गरिसकेका लाखौ नेपाली उपभोक्तामाथि अन्याय गरेको आरोप लगाउँदै  उजुरी दर्ता गरेको  मञ्चले जानकारी दिएको छ ।
 क्लिन फिड लागू गर्ने सरकारको तयारीविरुद्ध नेपाल केवल टेलिभिजन महासंघले सांकेतिक आन्दोलन गर्दै सोमबार दिउँसो तीन बजेदेखि  २४ घण्टाका लागि  विदेशी च्यानलहरु प्रसारण बन्द थियो  ।
क्लिन फिड लागू भए व्यवसाय बन्द गर्छौ : केबल ब्याबसायी