• नेपाल आईफा अवार्डले नेपाललाई विश्वभर चिनाउँछ : आयोजक

    काठमाण्डौ
    इन्टरनेशनल Indain Film  एकेडेमी (IFA) अवार्डको विरोध नगर्न आयोजकले    नेपालाीलाई अनुरोध गरेको छ । आईफा अवार्डले नेपालमा पर्यटक बढाउने र विश्वभर नेपालको प्रचार हुने भएकाले यसको विरोध नगरी सफल पार्न पनि सबैलाई अनुरोध गरेको छ  ।

     नेपाल पर्यटन बोर्डमा 'हामी भिजिट नेपाल २०२० को पूर्वसन्ध्यामा छौं, यो विश्वमै  धेरै हेरिने अवार्ड हो,  यो अवार्ड मार्फत भारतीय मात्र नभई विश्वभर नेपाल र काठमाण्डौको प्रचार हुनेछ,' जाेशीले भन्नुभयो ।

    आईफा अवार्ड को नाम नै  "नेपाल आईफा"  हुने भएकाले नेपाललाई प्रचारको राम्रो मौका भएको उहाँको दावी छ ।  जसका लागी झन्डै १ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको  छ ।  अवार्डको लागि  करिब पाँच सयदेखि ६ सय पाहुना नेपाल आउने  उनीहरुको लागि आउने जाने हवाई टिकट, काठमाण्डौमा यातायात र खाने बस्ने व्यवस्था नेपालले  गर्नुपर्नेछ ।
    जोशीले भन्नुभयो   हाम्रो भागमा ४४ करोड रुपैयाँ जति पर्ने अनुमान गरेका छौँ, राज्यले १ अर्ब खर्च गर्दैछ भन्ने हल्लाको पछि नलागौं ।