• खोला तर्दा बगेका २ सन्तान र आमालाई यी बालकले बचाए !

    २०७६ असार २७
    यो घटना भारत आसाम राज्यको हो 
    सोनितपुर जिल्लाको मिस्सामारी गाउँमा एक ११ वर्षीय बालक  उत्तम ताटि ले आफ्नो बहादुरी ले  नदीमा डुबेका आमा र उनकी छोरीहरुलाई बचाएका छन् ।  अहिले सामाजिक सञ्जालमा चर्चा भइरहेको  यो घटना ७ जुलाईको हो  ।  


    कलेक्टर लाख्याका अनुसार गएको ७ जुलाईमा एक महिला आफ्ना दुई सन्तानसँगै नदी पार गर्ने प्रयास गरिरहेकी थिईन् । जबजब उनी बीच तिर गईन पानीको बहाब बढ्यो ।

     महिलाले आफु र बच्चाहरुलाई सम्हाल्न सकिनन्  तब खोलाले बगायो । त्यही बेला आफ्नो परवाह नगरी यी बालकले नदीमा हाम फालेर आमा र सन्तान सबैको ज्यान बचाउन सफल भएका थिए ।  

     जिल्ला कलेक्टर लाख्या ज्योति दासले भने उत्तमलाई राष्ट्रीय स्तरमा बहादुरी पुरस्कार दियोस्  हामीले डिप्टी कमिश्नरसँग कुरा गरेका छौं ।   
    अहिले यी बालकको चौतर्फी तारिफ भइरहेको छ । 
    यो पनी हेर्नुस :