निगमलाई प्रधानमन्त्रीको ठाडो जवाफ : के सेना कबाडीखाना हो वायुसेवा निगम चलाउन ?

काठमाडौं १६ असार
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको कर्मचारी युनियनका अध्यक्ष तारणीप्रसाद दाहालले चिनियाँ विमान नेपाली सेनालाई चलाउन दिने प्रस्ताव प्रधानमन्त्रीकै सामु राखेका हुन् ।वायुसेवा निगम झण्डै ३७ अर्ब घाटामा छ ।
लगातारको घाटाका कारण उसले वाइडबडी विमान खरिद गर्ने क्रममा कर्मचारी सञ्चय कोषबाट लिएको ऋणको किस्ता समेत तिर्न सकेको छैन ।
तर, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल वायुसेवा निगमको कर्मचारी युनियनका अध्यक्ष तारणीप्रसाद दाहालको प्रस्ताव ठाडो अस्वीकार गर्दै कडा प्रश्न पनि गरेका छन् । ‘काम लाग्दैन भनेर सेनालाई दिउँ भनेको हो भने सेना कबाडी खाना हो ? काम नलाग्ने भएर दिउँ भनेको हो भने सेना बञ्चरेडाँडा हो ? सेनाले उडाउन सक्छ भने वायुसेवा निगमले किन सक्दैन ?
पाइलट नभएर कि ? जङ्गी पोशाकमा मात्र उड्छ कि ?’ सेनालाई दिँदा उसले चलाउन सक्ने भएपछि के तर्कका आधारमा सेनालाई दिने ? भन्दै प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘सुरक्षित छैन भने किन दिनुहुन्छ ? छ भने आफैं किन चलाउनु हुन्न ?
व्यवस्थापन राम्रो छ भन्ने विश्वास नेपाली सेनाले आर्जन गरेको उपलब्धी भएको र निगमले पनी त्यो उपलब्धी हासिल लाग्नुपर्ने प्रधानमन्त्रीले बताए ।
