• ६६ जना यात्रु बोकेको यति एयरलाइन्स त्रिभुवन विमानस्थलमा दुर्घटना

    काठमाडौँ, २७ असार ।
    काठमाडौँको त्रिभुवन विमानस्थलमा खराब मौसमका कारण  यति एयरलाइन्सको जहाज दुर्घटना भएको छ ।  दुर्घटना हुदा दुइजना गम्भीर घाइते भएका छन   नेपालगन्जबाट ६६ जना यात्रु बोकेर काठमाडौं आएको यतिको एटीआर विमान अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर २० METER पर पुगेको  छ । 

    । विमान धावनमार्गबाट चिप्लिएपछि सवा १२ बजेसम्मका लागि बन्द गरिएको छ । विमान चिप्लिएर घाँसेमैदानमा धसिएको अवस्थामा छ ।   यो अवधिभित्र चिप्लिएर घाँसेमैदानमा धसिएको विमान निकाल्ने प्रयास भइरहेको छ ।
     विमानस्थलमा दुर्घटना भएपछि आन्तरिक तथा अन्तरास्ट्रिय उडानहरु प्रभावित भएका छन ।  विभिन्न गन्तव्यबाट आएका विमान नेपाली आकासमै होल्डमा परेका छन् । ड्युटी अफिसरका अनुसा  दुबइबाट आएको नेपाल एयरलाइन्सको जहाज दिल्लीडाइभर्ट गर्ने तयारी गरेको छ। 

     कोलकत्ताबाट आएको बुद्ध एयर, ढाकाबाट आएको विमान बंगलदेश, बैंककबाट आएको थाई एयर आकाश मै होल्ड भएका छन र चाइन एयर  सिचुवान एयर ल्हासा डाइभर्ट भएका छन्।