• नेपाल मगर सांस्कृतिक संघको स्थापना दिवसमा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न !

    काठमाडौं १६ असार 
    पदम थापा मगर

     नेपाल मगर सांस्कृतिक संघ, केन्द्रले आफ्नो १६ औं स्थापना दिवसको अवसरमा सांगठनिक र संस्कृति सम्बन्धि प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल मगर संघ केन्द्रका अध्यक्ष नवीन रोका मगरले सांगठनिक र संस्कृतिविद् डा. मिन श्रीस मगरले संस्कृति सम्बन्धि प्रशिक्षण दिएको थियो ।


     प्रशिक्षक नवीन रोका मगरले अब प्रत्येक स्थानीय तह सम्म पुगेर आफ्नो संगठन बिस्तार गर्नु पर्ने र हाम्रो भाषा, लिपी, कला, संस्कृति मेटिदै गयो भने हाम्रो आफ्नो अस्तित्व मेटिने भएकोले आफ्नो पहिचान जोगाउनकै लागि पनि यी कुराहरुलाई संरक्षण गरेर पुस्ता हस्तान्तरण गर्नुपर्नेमा जोड दिनु भयो ।

     तेस्तै अर्का प्रशिक्षक संस्कृतिविद् डा. मीन श्रीस मगरले मगरहरुको संस्कृति र संस्कारको बारेमा प्रष्ट पर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाल मगर संघ केन्द्रका अध्यक्ष नवीन रोका मगर, विशिष्ट अतिथि संस्कृतिविद् डा. मिन श्रीस मगर र अतिथिहरु ने.म.सं. गण्डकी प्रदेशका अध्यक्ष सिद्धान्त थापा मगर,

     म.सं. यु के को निवर्तमान उपाध्यक्ष अनिता राना मगर, ने.म.सं. कुवेतको वरिष्ठ उपाध्यक्ष मनु मगर, ने.म.भु.सै.संघका अध्यक्ष हुम थापा मगर, ने.म.वि. संघका वरिष्ठ उपाध्यक्ष चित्र पुलामी मगर, ने.म.सं सम्पर्क समन्वय समितिका अध्यक्ष होमराज खपाङ्गी मगर, ने.म.सं.जि.स.समिति काठमाण्डौका अध्यक्ष रघु थापा मगर, पुन मगर समाज हङकङको सचिव चुक प्रसाद पुन मगर लगायत अन्य अतिथिहरुको उपस्तिथि रहेको थियो । 

    संघको अध्यक्ष कविराज मगरको अध्यक्षतामा भएको सो कार्यक्रमको स्वागत मन्तव्य महिला उपाध्यक्ष अमला थापा मगरले राख्नुभएको थियो भने शुभकामना मन्तव्य म.सं. यु के को निवर्तमान उपाध्यक्ष अनिता राना मगर, ने.म.सं. कुवेतको वरिष्ठ उपाध्यक्ष मनु मगर, पुन मगर समाज हङकङको सचिव चुक प्रसाद पुन मगरले दिनुभएको थियो । कार्यक्रम संचालन संघको महासचिव र सचिवको अनुपस्थितीमा संगठन सचिव निर आले गरेको थियो ।
    7 वटा मगर चलचित्र एकै ठाउमा हेर्नुस  : Or यो लिङकमा क्लिक गर्नुहोला

    https://www.youtube.com/playlist?list=PLd_8x_Hf_oXgGuR_4o-zVBbF97l8JViSw