• दिपक मनाङे नेकपामा पृथ्वी सुब्बा गुरुङले गरे पार्टीमा स्वागत

    असार १९
    राजीव गुरुङ  अर्थात दिपक मनाङे भनेर चिनिने मनाङबाट निर्वाचित प्रदेश सभा सांसद  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन। 
    मनाङ ‘ख’ बाट निर्वाचित स्वतन्त्र सांसद राजीव गुरुङ (दिपक )  मनाङेलाई गण्डकी प्रदेशका मुख्यमन्त्री समेत रहेका नेकपा गण्डकीका इन्चार्ज पृथ्वी सुब्बा गुरुङले पार्टीमा स्वागत गरेका हुन्। मनाङेलाई टिका खादा लगाएर नेकपाको विधान र निर्देशिका हस्तान्तरण गरेर पृथ्वी सुब्बा गुरुङले पार्टी प्रवेश गराएका हुन्। मनाङेसँगै विप्लव समूहका नेता पुष्प कार्की पनि नेकपा प्रवेश गरे। कास्की सचिवालय सदस्य तथा माछापुच्छ्रे गाउँपालिकाका इन्चार्ज कार्कीलाई पनि पृथ्वी सुब्बा गुरुङले नै पार्टी प्रवेश गराएका हुन्। 




    । नेपाली कांग्रेस लथालिङ्ग भएको र कांग्रेसको भातृ संगठन तरुण दल समेत त्यसैको सिकार बनेपछि कांग्रेसमा धेरै जस्तो नेताहरु फ्रस्टेड भएर बसेको दावी उनले गरेका छन् । नेकपा भन्ने नाम नै गज्जबको भएको भन्दै आफूले पार्टि प्रवेश गरेको उनको तर्क छ । 

    स्वतन्त्र उम्मेदवार भएपछि बजेट लगायत अन्य कुरामा समेत समस्या परेको स्मरण गर्दै उनले सांसदको तलवबाट चिया खान समेत नपुगेको दावी गरेका छन् । सांसद बनेपछि व्यवसायमा ध्यान दिन नसकिएको र सांसदलाई आउने ४५ हजार कार्यकर्तालाई समत दिनु पर्ने भएकाले समेत समस्या भएको उनको तर्क छ ।  समाज सेवाको लागी आएको हु ,"मनाङेले भने।