• एनसेल विष्फोट काण्ड : अर्का एक जना पक्राउ

    १० साउन 
    ललितपुर जिल्लाकाे नख्खु रहेकाे एनसेल मुख्यालय अगाडि बम विष्फोट गराइएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गत १० फागुनमा एनसेल मुख्यालय अगाडि बम विष्फोट हुदा एक जनाको मृत्यु र ३ जना घाइते भएका थिए । जुन  बीस्फाेट नेकपा(बिपलप) ले एनसेलले  कर नतीरेकाे कारण कारबाही स्वरूप गराइएकाे बताइएपनी  उक्त  घटनामा ज्यान मोर्न मनासय नभएको बिज्ञप्ती नेकपा बिपलपले दिएकाे थियो ।

     बम विष्फोट गराइएको घटनामा संलग्न भएको आरोपमा भोजपुरको षडानन्द–९ घर भएका ३३ वर्षीय दोर्जे भनिने दोर्ची शेर्पा पक्राउ परेका हुन । साे बमकाे घटनामा संलग्न भएको आरोपमा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश वली उर्फ सुदर्शन सहित ७ जना पक्राउ भैसकेका छन । 

    दोर्ची शेर्पा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का युवा संगठन सदस्य रहेका छन । शेर्पालाई गोंगबुबाट पक्राउ गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका प्रमुख एसएसपी सहकुलबहादुर थापाले बताए । सीसी टीभी फुटेजमा शेर्पाले एनसेल कार्यालयमा विष्फोट भएको दिन सुरक्षागार्डलाई पेस्तोल देखाएकाले उनलाइ पक्राउ गरीएकाे एसएसपी सहकुलबहादुर थापाले बताए ।
    यो पनी हेर्नुस  : 
    अनमोल केसीको चलचित्र क्रि सार्बजनिक हेर्नुस