• नेकपा भागवण्डा टुंगियो, व्यक्ति तोक्न बाँकी

    काठमाडौं  असार ३१ । 
    सत्तरुद दल  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकटाको टुंगो लागेको छ  । लामो समयको अन्योल पछी दुई अध्यक्ष बिच भएको सहमती अनुसार  पार्टी एकतालाई ५ साउनमा सचिवालय बैठकले पूर्णता दिने निर्णय भएको हो  ।
    नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ३२ मध्ये १८ वटा तत्कालीन एमाले र १४ वटा तत्कालीन माओवादीको भागमा परेको छ । असार मसान्तभित्र पार्टी एकतालाई पूर्णता दिने सार्वजनिक घोषणालाई मुर्त रुप दिन  अध्यक्ष द्यवय  केही दिनदेखि निरन्तर  छलफलमा जुटेका  थिए । मंगलबार भएको छलफलमा विभागहरुको भागवण्डा टुंगो लगाएको हो । 
    नेकपा संगठन विभागमा बामदेव गौतम रामबहादुर  थापा बादल  को दाबी छ भने नेकपा स्कुल विभागमा नारायणकाजी श्रेष्ठ   ईश्वर पोखरल   को  दाबी छ । संगठन, स्कुल, प्रचार लगायतका विभागमा कसलाई ल्याउने भन्ने ठूलो प्रतिस्प्रधा छ   ।
    अध्यक्षद्धयबीच भएको छलफलले एकता प्रक्रियालाई टुंगो लगाएको र छिट्टै बस्ने स्थायी कमिटीले अनुमोदन गर्ने महासचिव विष्णु पौडेलले जानकारी दिए ।
    त्यो बैठकबाट जिल्ला इञ्चाज तथा सहइञ्चार्ज तोक्ने, सम्पर्क मञ्चबारे पनि निर्णय गर्ने सहमति जुटेको छ । केन्द्रीय सल्लाहकार समिति, जेष्ठ कम्युनिस्ट मञ्च र तीन आयोगबारे सचिवालयमै छलफल गर्ने सहमति भएको छ ।