पाँचथरमा ट्रयाक्टर दुर्घटना : एकको मृत्यु ३ घाइते

२०७६ असार १७
पाँचथर जिल्लाको हिलिहाङ गाउपालिका–१, आमबोटेमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि - ३ जना घाइते भएका छन ।
पाँचथर जिल्लाको हिलिहाङ गाउपालिका–१, आमबोटेमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि - ३ जना घाइते भएका छन ।
संकेतिक तस्विर
दुर्घटनामा पाँचथर जिल्लाको याङवरक गाउपालिका–३, ओयामका ३१ वर्षीय सुरेन्द्र सेलिङको मृत्यु भएको हो । दुर्घटनाबाट इलामका २० वर्षीय लिला सुन्दास, पाँचथर याङवरक–३ का कुमार लिम्बू, र याङवरक–३ कै अजय सेलिङ घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल पाँचथरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
निर्माणाधीन पुष्पलाल मध्यपहाडी लोकमार्गमा काम गरिरहेको ट्रयाक्टर मंगलबार सामान र कामदार लिएर अमरपुरबाट सालिङगे जाँदै गर्दा दुर्घटनामा परेको पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताउनुभयो ।
