• बाढी पहिराेमा ज्यान गुमाउनेकाे संख्या ३० पुग्याे, १३३ जनाको उद्धार

     २०७६ असार २८,  काठमाण्डाै -
      नेपालमा अविरल वर्षाका कारण  देशका विभिन्न स्थानमा आएको  बाढी पहिरोमा परेर शनिबार दिउँसोसम्म १२ जना घाइते भएका छन्   १८ जना बेपत्ता भएका छन   भने  ३० जनाको मृत्यु भैसकेको छ  ।

     स्थानीय प्रहरी कार्यालय र विपद् व्यवस्थापन महाशाखाबाट परिचालित टोली समेतकाे सक्रियतामा
    मकवानपुरमा ४ जना, काभ्रेमा २ जना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवनमा १-१ जना गरी १२ जना घाइते भएका छन्   काठमाण्डौमा १०८ जना, उदयपुरमा १० जना, ललितपुरमा ८ जना, सिन्धुलीमा २ जना, सिरहामा २ जना, भक्तपुर, सुनसरी र मकवानपुरमा १-१ जना गरी १३३ जनाको उद्धार गरिएको छ ।


     बेपत्ता हुनेहरुमा सिन्धुलीमा ४ जना, भोजपुरमा ३ जना तथा काठमाण्डौ, ललितपुर, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, पर्सा, महोत्तरी, रौतहट, धादिङमा १-१ जना गरी १८ जना छन् । 

     बाढी पहिरोमा परेर ललितपुरमा ५ जना, काठमाण्डाै, खोटाङ र काभ्रेमा ३-३ जना, भोजपुर, मकवानपुर, धादिङ र सिन्धुलीमा २-२ जना तथा ओखलढुंगा, पर्सा, रामेछाप, इलाम, झापा, सुनसरी, बारा र चितवनमा १-१ जना गरी ३० जनाको मृत्यु भएको   । 

     प्रभावित स्थानहरुमा सम्बन्धित प्रदेशका प्रहरी  काठमाण्डौ उपत्यकामा ८८५६ जना, प्रदेश नं १ मा ६३०५ जना, प्रदेश नं २ मा ५७०२ जना, प्रदेश नं ३ मा ३४०५ जना , प्रदेश नं ६ मा ३११२ जना गरि २७,३८० प्रहरी कर्मचारीहरु परिचालित गरिएकाे छ ।