• होटेलमै चल्यो मन्त्रालय : कमिसनका लागि मन्त्री र कर्मचारीको 'सेटिङ' !

    धनुषा असार ३१
    संघीय  नेपालको प्रदेश नं  २ को उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयका कर्मचारी असार मसान्तको अन्तिममा कामको भुक्तानी दिनुपर्ने भएकाले मन्त्रालयमा कमिसन लिन असहजता हुने भएपछी  कमिसनका लागि होटेलमा बसेर योजनाको बनाईरहेको  रहस्य खुलेको छ । 

     केही दिन देखी कर्मचारीहरु जनकपुरको विभिन्न होटेलमा  मूल्यांकनको काम गरिरहेको खुलासा भएको हो ।  आर्थिक वर्ष २०७५–०७६ मा मन्त्रालयले पर्यटन पूर्वाधार निर्माणका लागि ५० करोड रुपैयाँको काम उपभोक्ता समितिमार्फत गराएको छ । उपभोक्ता समितिहरुलाई काम गरेबा पतको दिनुपर्ने भुक्तानी कमिसन लिएर कर्मचारीहरुले होटेलबाटै गरेको पाइएको हो  ।

      होटेलमै कमिसनको सेटिङमा मन्त्रालयको काम भइरहेको थाहा पाएपछि पत्रकारहरुको टोली उनीहरुलाई पछ्याएका थिए । पत्रकारले पछ्याएपछि भागेर वन निर्देशनालयमा पुगेका कर्मचारीहरु भने होटेलमै देखिएका थिए  ।  त्यहाँ राजपा नेपालकी प्रदेश सांसद रानी शर्मा तिवारीसमेत पुग्नु भएको थियो । 

     मन्त्रालयमा ठाउँ अभावको कारण होटेलमा आएर काम गर्ने गरेको   एक कर्मचारीले बताएका थिए ।
    पत्रकार आएको थाहा पाएपछी कर्मचारी, काम गराउन पुगेका प्रदेश सांसद तथा उपभोक्ता समतिका पदाधिकारीहरु पालैपालो निस्केर मन्त्रालयतर्फ भागेका थिए । 

    सोमरबार सिटी स्टार होटेलको कोठा नम्बर २०५ र २०८ मा मन्त्रालयका फाइल, प्रिन्टर, ल्यापटप लगेर कर्मचारीहरु काममा व्यस्त देखिन्थे ।  काम गराउन उपभोक्ता समितिका पदाधिकारीहरु पनि फाइल र कमिसन बोकेरै होटेल गएका  थिए ।  स्रोतका अनुसार राजपाका उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री रामनरेश राय यादवको सेटिङमा कर्मचारीहरुले कमिसन/ मोटो रकम असुल्न  होटेल होटेल पुगेका थिए । 

    मन्त्रालयका निमित्त सचिव जगदीश गुप्ताले आफ्ना कर्मचारी होटेलमा गएर कमिसन लिएर काम  गरेको कुरा अस्वीकार गर्नुभयो ।  गुप्ताले भन्नुभयो ‘ होटेलमा गएर काम गरेको कुरा साँचो होइन , अर्को ठाउँमा पनि हामीले घर भाडामा लिएर इन्जिनियरलाई काम गर्न कार्यालय सञ्चालन गरेका छौँ ।

     फाइल सदर गरेबापत १५ देखि २५ प्रतिशतसम्म कमिसन कर्मचारीहरुले लिने गरेको र त्यसबाट मन्त्री यादवले समेत कमिसनको भागबण्डा पाउने गरेको स्रोतको दाबी छ ।   आजको उज्यालो 90 मा खबर छ