• नेपालको गौर डुबाउने भारतीय बाध बाढीले भत्कायो घन्कियो "गाे ब्याक इण्डिया" को नारा

    रौतहट 
    असार २८, २०७६
     दशगजा क्षेत्रमा  रहेका भारतीय बाँधका ढोका भारतले नखोलेपछि रौतहट सदरमुकाम गौर सहित अधिकांश  भुभाग उँ डुबानमापरी जलमग्न भएका छन  । तर अहिले  दशगजामा लालबकैया र बाग्मती नदीलाई जोडेर बनाएको बाँध भत्केपछि भने पानीको सतह  भने केही मात्रामा घटेको छ ।
     दशगजामा भारतीय पक्षले बनाएको बाँध पानीको बेगले भत्काएको हो । भारतीय पक्षले भत्किएका बाँधहरु मर्मत गर्न थालेको छ । बाँध वरपर भारतीय सीमा सुरक्षा बल(एसएसबी) ले ठूलो संख्यामा सुरक्षाकर्मी खटाएको छ । गौरमा रहेको जुद्ध माध्यमिक विद्यालयको एक तला पूरै पानीमा डुबेको छ ।  ।  गौरमा रहेका सरकारी कार्यालयहरु पनि पानीमा डुबेका छन् रौतहटको सदरमुकाम गौरमा घरको एक तला पानी भरिएको छ । 
    विपदका बेला पनि भारतले  बाँध नखोलेकोमा नेपाली नागरिक भने रुष्ट बनेका छन् । धेरैले सामाजिक सञ्जालमा #BackOffIndia र #GoBackIndianSSB लेखेर भारतले तत्काल बाँध खाेल्नु पर्ने बताएका छन् ।