• कांग्रेसलाई गोकुल बास्कोटा प्रश्न : दिनभरि वीपी, रातभरि विप्लव हो ?

    काठमाडौैं असार २६ 
    सरकारमा प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले  विप्लव समूहको हिंसाबारे प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको  धारणा माग गरेका छन  ।
    बिहीबार आयोजित पत्रकार सम्मेलनमा बास्कोटाले भने, विप्लवजीहरुले गरेको हिंसा बैध हो   वा बन्द हुनुपर्छ साच्चिकै भन्नुपर्दा हिंसाबारे कांग्रेसको धारणा के हाे ? 
     हिंसा गर्ने विप्लव समूह र हिंसा नगर भन्ने सरकारलाई कांग्रेसले एउटै नजरले हेर्ने हो ? अब  प्रतिपक्ष नेपाली कांग्रेस  बेलैमा स्पट हुनुपर्छ । हिंसाको साहारा लिएर सरकारलाई घेराबन्दी गर्न खोज्छु भन्ने सोचेको हो भने कोही पनि उम्कन नसक्ने बताए ।
    भोजपुरमा  भिडन्त हुदा  प्रहरी मारिएको स्मरण गर्दै उनले हिंसा आतंकलाई प्रोत्साहित गर्दै जाँदा कहाँ पुगिन्छ भन्ने विगतलाई सम्झिनु पर्ने बताए । उनले अघि भने, दिनभरि वीपी रातभरि विप्लव हो ? भोजपुरमा  हुदा प्रहरी तथा बिपलप कार्यकर्ता गरी दुई जनाको मृत्यु भएको थियो  
    यो पनी हेर्नुस :