• बाहुनको छोरो बंगुर पालनमा बार्षिक ५०/ ६० लाख आम्दानी !

    वालिङ   असार २६, 
    बिगत ५ वर्षदेखि बंगुर फार्म सञ्चालन गर्दै आएका  स्याङजा वालिङ का भीम लुईंटेल  वार्षिक ५०/ ६० लाख रुपैयाँ आम्दानी गर्नै गरेका छन   । मासिक १० लाख रुपैयाँभन्दा आम्दानी भएपनी खर्च कताउदा ५०/ ६०   लाख बचत हुने उहा बताउनुहुन्छ  

    लुईंटेल भन्नुहुन्छ ‘विदेशमा रहेका युवालाई स्वदेशमै राम्रो कमाउन सकिन्छ भन्ने सन्देश दिन समेत चाहेको छु ।

    ३९ वर्षीय भीम लुइँटेलले बंगुरपालन सुरु गर्दा ‘बाहुनको छोराले बंगुर पाल्ने ?’ भनेर टिप्पणी गर्ने धेरै थिए । जीविकोपार्जन गर्न केही न केही गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न सफल हुनु भएका लुईंटेलको प्रगति देखेपछि अहिले सबै अचम्ममा छन् । उहाँले आफ्नो फार्ममा ५ जनालाई रोजगारी पनि दिनुभएको छ ।
    वालिङ –९ पिपलटारीमा १३ रोपनी जग्गा १० वर्षका लागि १२ लाखमा भाडामा लिएर व्यवसाय थालेको हुँ,’ लुइँटेलले भन्नुभयो, ‘फार्ममा अहिले १ सय माउसहित २ सय ५० बंगुर छन् ।
    लुईंटेलले ५ वर्षअघि २७ लाख रुपैयाँ लगानीमा बंगुरपालन सुरु गर्नु भएको थियो । लुईंटेलको लगानी अहिले ३ करोड रुपैयाँ पुगिसकेको बताउछन ।

    कृषि मन्त्रालयको सहकार्यमा ईन्द्रेणी बंगुर उद्योगलाई नमूना फार्मको रुपमा विकास गर्ने काम सुरु भैसकेको छ । त्यस्का लागि १० लाख रुपैयाँ प्राप्त भएको उहाँले जानकारी दिनुभयो । वालिङमा मात्रै दैनिक ३ सय ५० किलोभन्दा बढी बंगुरको मासु खपत हुने गरेको  बताउनु भयो ।
    यो पनी हेर्नुस :