• धनुषाकाे निर्माणाधीन पुल भत्कियो !

    धनुषा   असार २८, २०७६
    धनुषा जिल्लाको  सखुवा महेन्द्रनगर र शान्तिपुर जोड्ने औरही खोलामा निर्माणाधीन पुल भत्किएको छ ।

    मनसुन सुरु भएसंगै केही दिन अगाडीबाट भएको अबिरल बर्षको कारण  आएको बाढीले निर्माणाधीन पुल शुक्रबार राति भत्काएको स्थानीय अजयकुमार राउतले जानकारी दिनुभयो । गुणस्तरहीन सामग्रीको प्रयोग गरेकाले बाढीले पुल भत्काएको स्थानीयको आरोप  

     झण्डै ६ वर्षअघि वर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले  पुलको शिलान्यास गर्नुभएको थियो । रोशन कन्स्ट्रक्सनले निर्माणकाे जिम्मा पाएकाे पुल झण्डै ६ हुदा पनी  पुलको निर्माण सम्पन्न भएको थिएन ।