• तरकारीको भाऊ आकाशियो : बाढीको र विषादी बाहना

    काठमाडौं  असार   ३०
     केही दिन यता काठमाडौंमा तरकारीको मूल्य अत्यधिक बढेको छ । असारको पहिलो सातादेखि बढ्न थालेको तरकारीको  मूल्य  असार ३० सम्म आइपुग्दा अत्याधिक बृदि  भएको छ । 
    मूल्यवृद्धिलाई रोक्न र जिम्मेवार निकाय जुनरुपमा गम्भीर हुनुपर्ने हो, त्यो नहुँदा कालाबजारियाहरु सल्बलाएको उपभोक्ता अधिकारकर्मीहरु बताउछन । तरकारीको भाऊ बढ्नुमा भारतीय तरकारीको विाषदी परीक्षण वा नेपालमा आएको बाढीलाई व्यापारीहरुले बाहना मात्र बनाएको उपभोक्ता अधिकारकर्मीको आरोप छ । 

    असार १ देखि ३० गतेसम्मको मूल्यसूचीको मुल्याङकन गर्दा तरकारीको मूल्य ७०% बढेको देखिन आएको छ । जे कारणले तरकारीको भाऊ बढे पनि मूल्यवृद्धिले निम्न आय भएका नागरिकहरुको जीवन असहज छाएको छ । । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार वर्षात्का कारण तरकारीको मूल्य आकासिएको हो ।

     तर, कतिपय व्यवसायीचाहिँ सीमानामा भारतीय तरकारी र फलफूलको विषादी परीक्षण हुन थालेपछि तरकारी आयातघटेको र भाऊ बढेको बताउछन । असार १ गते १५५ प्रतिकेजी रहेको हरियो प्याज ३० गतेसम्म आइपुग्दा बढेर २२५ पुगेको छ । जसमा मूल्य वृद्धिदर ३० दिनमा करिब ६९ % देखिएको छ ।

     त्यसैगरी घिउसिमीको मूल्य पनि आकासिएको छ । असार १ मा औसतमा ११५ रुपैयाँ प्रतिकेजी रहेको हाइब्रिड घिउसिमी असार ३० मा आइपुग्दा १५५ रुपैयाँ पुगेको छ । १ गते औसतमा १०५ रुपैयाँ रहेको लोकल घिउँसिमी ३० मा आइपुग्दा १५५ पुगेको छ । गोलभेडाको भाउ पनि आकासिएको छ । 

    ठूलो लोकल गोलभेडा असार १ गते कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले औसतमा ९५ रुपैयाँ तोकेको थियो । ३० सम्म आइपुग्दा यसको मूल्य १२५ रुपैयाँ पुगेको छ । 

    उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष बानियाँले विषादी परीक्षण वा वर्षातको बाहनामा व्यापारीहरुले मौका छोप्ने अवसर पाएको बताए । तरकारीको मूल्य यसरी आकाशिँदा पनि सरकार चुपचाप बस्नु दुखद् भएको उनले बताए ।