• सरकार आईफा अवार्ड गर्ने निर्णयबाट पछि हट्यो

    काठमाडौं असार १८ 
     बर्तमान सरकार भारतीय फिल्म अवार्ड (आईफा) आयोजना गर्ने निर्णयबाट पछि हटेको छ । चौतर्फी विरोधपछि स उक्त अवार्ड कार्यक्रम रकारले नेपालमा नगर्ने भएको छ ।
    अवार्ड गर्दा नेपालको स्वाधिनता, स्वतन्त्रता र आस्मितामा आँच पुर्‍याउने ठहर गरेपछि सरकार अप्ठ्यारोमा परेको मानिएको छ ।
    मंगलबार मात्र संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले अवार्ड तत्काल रोक्न निर्देशन दिएको थियो । 
     पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यसवर्षको इन्टरनेशनल इन्डियन फिल्म अवार्ड (आईफा) नेपालमा नहुने पुष्टि गरेका हुन । 
    असार ८ गते मन्त्रिपरिषद बैठकबाट सरकारले  भारतीय फिल्म अवार्ड आईफा नेपालमा आयोजना गर्ने निर्णय गरेको थियो  कार्यक्रमका लागि काठमाडौं महानगरपालिकाले ४४ करोड रुपैयाँ अनुदान दिने भनिएको थियो तर  अवार्ड कार्यक्रममा नेपाली नागरिकले तिरेको करबाट अनुदान दिन नहुने भन्दै  चौतर्फी विरोध भएको थियो ।