• नारायणीमा दुई महिनाभित्रै मिनी पानीजहाज’ चल्ने !

    चितवन ४ साउन  
    नेपालकाे चितवन जिल्लामा निर्माणाधीन रहेककाे ‘रिभर क्रुजसिप’ दशैं अगाडि नै सञ्चालनमा ल्याइने भएकाे  छ । राइनो वाटर ईन्टरटेन्मेन्ट प्रा.लिले काप्रेघाटमा निर्माण गरिरहेको क्रुजसिपलाई  पहिलाे पटक पानीमा राखेर गरिएको परीक्षणले सफलता हासिल गरेकाे हाे  । 

    राइनो वाटरले शनिबार भरतपुरमा पत्रकार सम्मेलन गरी क्रुजसिप दशैं अगाडि निर्माण सकेर सञ्चालनमा ल्याइने जानकारी दिएको छ । साे जानकारी अनुसार २ महिना भित्रमा नारायणी नदीमा  मिनी पानी जहाज संचालनमा अाउने भएकाे हाे ।  हाल भारतीय प्राविधिकको सहयोगमा   नारायणी किनारामै  पनी ‘क्रुजशिप’ निर्माण  भैरहेकाे छ
     दुइ तलाकाे रहने  मिनी पानीजहाजमा  १५ जना क्यू मेम्बर  एकै पटक 200  जना सम्मले यात्रा गर्न सक्ने छ जसकाे क्षमता तल्लाे र माथिल्लाे तलाकाे यात्रु बहान क्षमता सय- सय गरी दुइ सय जना जहाजले बाेक्ने छ  ।   100 फिट लामाे पानीजहाजकाे  चौडाई २५ फिट को हुनेछ  माथिल्लो तलामा बसेर यात्रुले  दृश्यावलोकन गर्न समेत गर्न  सक्नेछन । 

    ‘क्रुजशिप’ राख्नको लागि पानीको च्यानल काटेर १५ फिट गहिरो स्टेशन निर्माण भइसकेको छ । क्रुजशिप  निर्माण पक्षले  मिनी जहाजलाइ  पहिलो चरणमा  देवघाटबाट काप्रेघाट सम्म सञ्चालनमा ल्याउने र  त्यसपछि मुग्लिन र  त्रिवेणी धामसम्म लैजान सकिने बारे थप अध्ययन गरिने  तयारी भएकाे बताएका छन ।  नेपालमा पहिलो पटक निर्माण हुदै गरेकाे याे क्रुजशिपले पर्यटन क्षेत्रमा निकै ठुलाे भूमिका खेल्ने  अपेक्षा गरीएकाे छ ।