• तिब्बतियनलाई नेपाली नागरिकता !

    २०७६ साउन ७  पाेखरा
    कास्की जिल्लामा नक्कली बाबु–छोरी बनेर तिब्बतियन युवतीले नेपाली नागरिकता लिएकाे रहस्य खुलेकाे छ  । पोखरा महागरपालिका–१८ का लेखबहादुर थापा मगर लाई नक्कली बाबु बनाएर तिब्बतियन नागरिकले सरु थापा मगरका नाममा २०३९ र तासी आङ्गो थापा मगरका नाममा ०१६३३ नम्बरको नेपाली नागरिकता गत जेठ २६ गते र असार ६ गते जिल्ला प्रशासन कार्यालय कास्कीबाट  लिएका छन् ।  तर बाबु बनेर नागरिकता दिलाएका लेखबहादुर थापाले भने  आफ्नो छोरीहरु भएको झुटो दाबी गरेका थिए ।

     त्यस्तै  नागरिकता दिनका लागि सिफारिस दिने पोखरा महानगरपालिका–१८ का वडा अध्यक्ष रण बहादुर थापाले पनि  सबै कागजात हेरेर मात्रै सिफारीस दिएको झुटो दाबी गरे । हामीले पटक–पटक खोजी गर्दा पनि नागरिकता लिने युवतीहरुसम्म हामी पुग्न सकेनौं । तर, लेख बहादुरका छोरा विकाश थापा मगरले भने ती युवतीहरु आफ्ना दिदी–बहिनी नभएको बताएका छन् ।  समाचार नहाल्न भन्दै आएका उनले उनीहरु नातामा आफन्त पर्ने तर, दिदीबहिनी नभएको बताएका छन् । वडा नम्वर १८ निवासी लेखबहादुरका छिमेकीका अनुसार लेखबहादुरका ३ छोरी र ३ छोरा भएको तर, अहिले नागरिकता निकाल्ने उनका छोरीहरु नभएको बताउछन । 
    लेखबहादुरका छोरा बिकासका अनुसार यस अघि दुई पटकसम्म झुटो विवरण बनाएर नागरिकता निकाल्ने प्रयास असफल भएको थियो । तर, अहिले वडा अध्यक्षसँग कुरा मिलेपछि नागरिकता बनेको थियो । अहिले नागरिकता लिने व्यक्तिहरुले पासर्पोट समेत बनाइसकेका छन् । नेपालबाट तेस्रो मुलुक छिर्न तिब्बतियनहरुले कसैलाई आमा–बुवा बनाई अनि जनप्रतिनिधि र प्रशासनका कर्मचारी मिलाई नागरिकता लिदै आएका छन् ।  न्युज २४ मा खबर छ ।