• लमजुङको दोर्दी खोला बाढीमा ज्यान गुमाउनेको संख्या ४ पुग्याे

    लमजुङ २०७६ साउन ८ लमजुङकाे दाेर्दी खाेलामा निमार्ण भैरहेकाे दोर्दी गाउँपालिकाको लिबर्टी जलविद्युत आयोजनाको बाँध भत्किएर एक्कासी बाढी आउँदा बाढीमा परेर ४ जनाले ज्यान गुमाएका छन भने अन्य ५ जनाकाे उद्धार गरी थप उपचारका लागि अस्पताल लगिएकाे छ । प्रहरीले अचानक अाएकाे बाढीले बगाएर अन्य केही ब्यक्ती पनी बेपत्ता भएकाे हुनसक्ने बताएकाे छ ।

    खोलामा बाढी आएपछि आसपासका नागरिकलाई समेत सतर्क रहन आग्रह गरिएको गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले बताउनुभयो । ओमबहादुर गुरुङका अनुसार जलविद्युत आयोजनामै काम गर्ने ४ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । दोर्दी गाउँपालिका–४, शेरामा दुई जना र कीर्तिपुरमा २ जनाको शव भेटिएको घटनास्थलमा पुग्नुभएका लमजुङकाे प्रमुख जिल्ला अधिकारी डाक्टर डिजन भट्टराईले जानकारी दिनुभयाे । उहाँले हराइरहेकाहरुको खोजी कार्य भइरहेको बताउनुभयो । बाढीमा ज्यान गुमाउनेहरूकाे हाल सम्म सनाखत भने भएकाे छैन ।