• फनपार्क सञ्चालकको आर्थिक घोटाला ! ७ करोड आम्दानी मा १ लाख मात्र देखाइयो

    काठमाडौं  २६ असार, । 
    काठमाण्डौ स्थित  भृकुटीमण्डपमा बाल उद्यान सञ्चालन गर्ने ल्याय्म्ह पुचः ले गरिरहेको आर्थिक घोटालाको तथ्य फेला परेको छ । अनलाइनखबरलाई प्राप्त भएको उक्त संस्थाको बार्षिक आय–व्यय वासलात हेर्दा वार्षिक करोडौं रकम हिनामिना भइरहेको प्रष्ट हुन्छ ।

     ०७५ पुस ७ गते बसेको वार्षिक साधारणसभाले पारित गरेको लेखापरीक्षण प्रतिवेदन अनुसार खर्चभन्दा बढी आम्दानी करिब ४ लाख रुपैयाँ मात्र छ ।
    ल्याय्म्ह पुचः ले २५ रोपनीमा फैलिएको फनपार्क क्षेत्र प्रयोग गरेवापत समाज कल्याण परिषद्लाई मासिक १३ हजार रुपैयाँ भाडा तिर्छ ।
    सोही आर्थिक वर्षमा ल्याय्म्ह पुचःले समाज कल्याणको भाडाबापत एक लाख ५९ हजार २०४ रुपैयाँ तिरेको थियो । यस्तै ह्रास खर्च शीर्षकमा २ लाख ११ हजार ८ सय कटाइएको छ भने प्रशासकीय खर्च ३ लाख ५३ हजार ६६८ रुपैयाँ देखाइएको छ । एक लाख ३० हजार रुपैयाँ आयकर काटिएको वासलातमा उल्लेख छ ।

    ल्याय्म्ह पुःचले आर्थिक वर्ष ०७४/०७५ मा कुल १२ लाख ३३ हजार ८१३ रुपैयाँ ९५ पैसा आम्दानीे गरेको वासलातमा उल्लेख छ । यो आम्दानी संस्थाको घर भाडा, ल्याय्म्ह पुचः बाल उद्यान भृकुटीमण्डप, नखुलाइएको पसलको भाडा तथा विविध स्रोतबाट प्राप्त हुने देखाइएको छ । 

    प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७४/०७५ असार मसान्तसम्म ल्याय्म्ह पुचः को कुल सम्पत्ति ३९ लाख ५ हजार ९०० रुपैयाँ बराबर रहेको देखिएको छ । तर, बागबजारजस्तो ठाउँमा रहेको करोडौं पर्ने साढे तीन तले घरको पनि ३९ लाख मात्रै मूल्याङ्कन गर्नुले संस्थाको बदमासी झल्किन्छ ।
    अनि ‘खर्चभन्दा बढी आम्दानी’ ३ लाख ७९ हजार १४१ रुपैयाँ ९५ पैसा उल्लेख गरिएको छ ।

    अघिल्लो आर्थिक वर्षभन्दा दुई लाख बढीले सम्पत्तिको मूल्यमा ह्रास आएको प्रतिवेदनमा उल्लेख छ । गत वर्ष उक्त संस्थाको कुल सम्पत्तिको मूल्य ४१ लाख १७ हजार ७ सय थियो । आजको अनलाई खबरमा समाचार छ   ।
    यो पनी हेर्नुस :