• गगन थापाको सिधा कुरा : प्रधानमन्त्री ज्यू घुँडामा कत्रो भ्वाङ पर्‍यो ?

    काठमाडौं  असार  २२
    भुपु मन्त्री तथा नेपाली कांग्रेसका सांसद गगन थापाले भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिएकोमा सरकारको चर्को  आलोचना गरेका छन् ।
    भारतबाट आउने फलफूल र तरकारी मात्र होइन, नेपालबाट जाने चिया र अलैंचीबारे पनि हिसाव किताब होला भन्ने लागेको भए पनि पारीबाट आएको खोकीको मन्द आवाजले सरकार थला परेको उनले बताए ।
    सरकारले आवश्यक तयारी विना निर्णय गरेपछि काम सही भएकाले महंगो तरकारी खाएर होस् वा तिहुन विनाको भोजन खाएर होस्, सरकारलाई साथ दिन जनता तयार थियो भन्दै उनले आइतबार संसदमा भने, ‘लागेको थियो, सरकार आफ्नो निर्णयमा अडिरहने छ । विलम्ब नगरी भन्सार विन्दुमा पूर्वाधार बनाउनेछ ।
    थापाले भने  "प्रधानमन्त्रीको मान राख्न मास्क नलागाई हिँडेको र अब विषादी भएकै तरकारी खाइदिने भन्दै उनले भने, ‘प्रधानमन्त्रीलाई यति मात्र सोध्न बाँकी छ, तपाईंको राष्ट्रवादी खुट्टा देखिएकै थियो । घुँडामा कत्रो भ्वाङ पर्‍यो ?

    Copa America Final Brazil Vs Peru Watch LIVE