• ओलीको भित्री चाहाना बाबुराम र उपेन्द्रको समाजबादी पनी नेकपामा !

    २० असार, काठमाडौं 
    प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डले एकतामा आउन बाबुराम भट्टराईलाई गरेको आग्रहमा सहमति मात्र जनाएनन्, समाजवादी पार्टीलाई नै आग्रह गरे । भट्टराई आउन हुन्छ भने उपेन्द्र यादवहरु पनि आउनसक्ने उनले बताए ।
    वामपन्थीहरुमा कुनै मतभेद नरहेको भन्दै उनले अरुलाई पनि एकतामा आउन आग्रह गरे । ‘मेची महाकालीका दुई तिहाई अटाउन सक्ने, एक दुई जना अटाउन नसक्ने हुन्छ ?’ उनले अघि भने, आत्मकेन्द्रित भएर नबस्नुस्, आउनुस् ।
     प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको काम देखेर मानिसहरु अताल्लिन थालेको दाबी गरेका छन् । प्रधानमन्त्री रोजगार, कृषिमा आधुनिकीकरण, जेष्ठ नागरिक बीमा लगायतका कार्यक्रम सुरु गर्दा सरकार अझै सफल हुने भयो भनेर मानिसहरु अताल्लिन थालेको उनको विश्लेषण छ ।
    देवेन्द्र पराजुली, कल्पना धमलालगायतका समाजवादी पार्टीका नेताहरुलाई पार्टी प्रवेश गराउन शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारको बचाउ गरे । सरकारका आलोचकलाई खासै केही भन्नु नरहेको भन्दै उनले अघि भने, ‘चुनाव पनि नजित्नु, आलोचना गर्न नपाउनु पनि हुन्छ ? हुँदैन ।’
    लेखेर दिन्छु, पार्टी फुट्दैन
    कतिपयले नेकपा फुट्छ कि भन्ने सपना देख्दा माया लाग्ने गरेको प्रधानमन्त्री ओलीले सुनाए । ‘कसैलाई चाहिन्छ भने म लेखेर दिन्छु, यो पार्टी फुट्दैन । किनकी हामीले फुट्नलाई होइन, जुट्नलाई एकता गरेको हो’ उनले अघि भने ।
    यदि कसैलाई फुटाउन सकिन्छ कि भन्ने लागेको छ भने प्रयास गर्न चुनौती समेत दिए ।
    नवप्रवेशीहरुलाई पनि उचित जिम्मेवारी दिन्छ कि दिन्न भन्ने चिन्ता नगर्न आग्रह गरे । यो महिाभित्र पार्टी एकताका बाँकी काम सकिने भन्दै अध्यक्ष ओलीले पहिलेदेखि संठगित र नव प्रवेशीहरुलाई पनि उचित जिम्मेवारी दिइने बताए 
    Watch Video :