• किन ताेडियाे भगवान बुद्धकाे मूर्ति ? तोडफोड गर्नेलाई कारबाही गर्न पर्यटनमन्त्रीको ठाडाे आदेश

    काठमाडाैं साउन 3  
    नेपाल शान्तीका दुत  भगवान बुद्ध देश भनेर बिश्वमा चिनिन्छ ।  नेपालमा बिभिन्न धर्मावलम्बी भएपनी लुम्बिनीमा जन्मेका  बुद्धलाइ अधिकांस नेपालीहरूले पुज्ने गदर्छन । तर बुधबार रूपन्देहीकमा बुद्धकाे मुर्ति ताेडफाेड भएकाे छ  । मर्ती ताेडफाेड भएपछी  चौतर्फी विरोध भइरहेको छ ।
     लुम्बिनी भ्रमण बर्ष २०७६ का अवसर पारेर तिलोत्तमा नगरपालिकाले नगर क्षेत्रमा पर्ने सिद्धार्थ राजमार्गको प्रमुख  डिभाइडरहरूमा 300 मिटर दुरीको अन्तरमा  २२ वटा बुद्धका मूर्ति राखिएको थियो । जसमा नयाँमिलदेखि शंकरनगरसम्म राखिएका बुद्ध मुर्तिहरु बुधबार राति अज्ञात समूहबाट तोडफोड भएकाे  हाे  । 
    रुपन्देहीको तिलोत्तमामा बुद्ध मूर्ति तोडफोड भएपछी  घटनाप्रति प्रदेश सरकारले बिशेष चासो देखाउदै प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक हृदय थापा, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरिक्षक बसन्त बोगटी र राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख नविन अधिकारीलाई मन्त्रालयमा बोलाएर बोलाएर बुद्ध मूर्ति तोडफोड गर्ने लाइ तुरून्त कानूनी कारवाही गर्न निर्देशन दिएका हुन। 

     मन्त्री लिला गिरीले बुद्ध मूर्ति तोडफोड  घटनाले धार्मिक सदभावमा असर पुग्ने शान्तिपि्रय जनताको भावनामा ठेस पुग्नका साथै विश्वभर नकारात्मक सन्देशपुग्ने बताए   । 
    जिल्ला प्रहरी कार्यालय रुपन्देहीले  प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईको नेतृत्वमा ६ सदस्यीय टोली  अनुसन्धानकाे लागी  गठन गरेको छ भने उक्त टोलीले बिहीबारबाटै अनुसन्धानकाे   काम सुरू गरीसकेकाे छ ।