• भरतपुरमा मतपत्र च्यात्नेलाई जरीमाना कती ?

    असार १६, २०७६ 

    चितवन  को भरतपुर महानगरपालिकामा  चुनावपछि मतगणनाको समयमा मतपत्र च्यातेका २ जनालाई  चितवन अदालतले जनही एक लाख रुपैयाँ जरिबाना तोकेको  छ  । 
    मत पत्र च्यात्ने काममा संलग्न भएको आरोप लागेका तत्कालीन माओवादी केन्द्रका प्रतिनिधि भरतपुर १ का मधुकर न्यौपाने र भरतपुर महानगर ११ का द्रोणबाबु सिवाकोटीविरुद्ध मुद्दा दर्ता भएको थियो  

     चितवन जिल्ला अदालतले २ वर्ष पछि निर्वाचन कसुर सम्बन्धी  मुद्दामा फैसला गरेको हो । स्थानयि तहको चुनाबमा भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणनाको क्रममा मतपत्र च्यातिएको थियो 

     भरतपुर महानगरपालिका वडा नं. १९ को मतगणना जारी रहेको बेला १८०९ मत र गन्न बाँकी ९९८ तथा क्षति भएको ९० मतपत्र थियो । मुद्दा दर्ता भएपछि त्यही दिन अदालतबाट ७ दिनको म्याद थप भएको थियो । आयोगको नियम अनुसार सबै बदर ठहरियो । 

    उक्त वडामा  पुनः चुनाव भयो ।   त्यसपछी  भएको मेयरको चुनाव देबी ज्ञवालीलाई  रेणु दाहालले हराएका थिए। तात्कालिन समयमा माओबादी र एमाले बीच पार्टी एकता भैसकेको थिएन ।  रेणुलाई कांग्रेसको साथ थियो