• ईन्धन बोक्ने ट्याङकरमा लागु औषध ! एक जना पक्राउ

    विराटनगर २०७६ साउन नेपालकाे लागी भारतबाट डिजेल लिएर विराटनगर आएको ट्याङकरमा लागु औषध फेला परेको छ । भारतबाट २० हजार लिटर डिजेल लिएर विराटनगर स्थीत नेपाल आयल निगमको प्रादेशिक डिपोमा आइपुगेकाे ना ४ ख ६६५० नम्बरको ट्यांकरमा लागुऔषध फेला परेको प्रहरीले जनाएकाे छ

    जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कोसी राजमार्गमा नो पार्किङ लेखिएको स्थानमा रोकिएको ट्याङकर नियन्त्रणमा लिने क्रममा प्रहरीले लागुऔषध फेला पारेको हो । ट्याङ्करलाई हटाउन ट्राफिक प्रहरीको टोली पुगेको थियो ।गाडीबाट प्रहरीलेट्याङकर भित्र कोडिन फोसफेड एण्ड क्लोरफेनीमेन नामक लागु औषध फेला परेको हो । चालकको सिट नेर लुगाले छोपेर राखेको अवस्थामा ४ बोपतल भरी र ३ खाली बोतल भेटिएको थियो । प्रहरीले गाडीकाे सह-चालक भारतको अररिया बथनाहा अमुना का १९ वर्षीय मोहम्मद राजुलाई नियन्त्रणमा लिएको छ । ट्याङकर चालक भारतको सोनापुरका मोहम्मद सफिक फरार भने फरार रहेकाे प्रहरीले बताएकाे छ । ट्यांकरका चालक र सह-चालक दुवै जना लागुऔषध सेवनकर्ता रहेकाे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।