नारायणगढमा पनी भारतीय तरकारी निषेध !

नारायणगढ असार, २४
राजधानी भित्रिने प्रमुख नाका चितवनको नारायणगढस्थित तरकारी बजारमा भारतीय तरकारी बिक्रीमा ब्यापारीले कडाइ गरेका छन ।
क्षेत्रपुरस्थित तरकारी मण्डीमा भारतीय तरकारी ल्याउन नदिने, निरुत्साहित गर्ने नीति लिएको फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष थिरप्रसाद धितालले बताए ।
नारायणगढमा तरकारी मकवानपुरबाट आइरहेको छ । बर्खाको समयमा पहाडमा हुने उत्पादनले बजार पाउने अध्यक्ष धितालका भनाइ छ ।
नेपालमा फलफूलको उत्पादन अति नै कम छ बाध्य भएर पनि भारत वा चीनबाट ल्याउनुपर्छ’ उनले भने, ‘नेपालमै उत्पादन हुने स्याउलाई यहाँसम्म ल्याउन समस्या हुँदा अर्काको भर पर्नुपरेको छ ।
‘अहिले हाम्रो तरकारी मण्डीमा भारतीय तरकारी छैन, ल्याउनु पनि परेको छैन’, अध्यक्ष धितालले भने, ‘भारतीय तरकारीलाई हामीले निरुत्साहित गरेका छौं, यहाँ ढुक्कसँग नेपाली उत्पादन पाइन्छ ।
चितवनकै तरकारीले यहाँको अधिकांश माग धान्ने अध्यक्ष धितालको दावी छ । ‘बर्खायाममा भने जिल्लाकै तरकारीले धान्दैन, मकवानपुरको पालुङ र काठमाडौंको काठ एरियाबाट तरकारी ल्याउँछौं’, अध्यक्ष धितालले भने, ‘दशैंसम्म यो उत्पादनले धान्छ, असोजपछि बैशाख जेठसम्म चितवनकै उत्पादनले धान्ने धितालले बताए ।
