• गलबन्दी जोडियो चलचित्र मि न्होर्बै ट काे टाइर्टल गीत साबर्जिनक

    २०७६ सावन १ 
    Maxon TV Nepal 

    पाईला फिल्मस् प्रा. लि.को  तेस्रो प्रस्तुती बहु प्रतिक्षित गुरुङ चलचित्र मि न्हार्बै ट ‘आखा भित्रको फुल ’ को गलबन्दी Chaisyo Ngolsyo  बोलको टाईटल गीत सार्बजनिक भएको छ । साउन १ गतेको अबसर पारेर स्ट्रिम नेपालको अफिसियल युटुब च्यानल मार्फत बुधबार सार्बजनिक गरिएको हो ।
     केही दिन अगाडी चलचित्र मि न्होर्बै ट को फस्ट लुक्स समेट गाउँ  घर क्याफे पोखरामा पत्रकार सम्मेलन तथा बिशेष समारोह बिच सार्बजनिक गरिएको थियो । पाईला फिल्मस् निर्मित यस गुरुङ चलचित्र तमुस्यो तथा टुकी चलचित्र पश्चात तेस्रो प्रस्तुती रहेको छ । 

     गीतलाई पोखराकै ख्याती प्राप्त नृत्य निर्देशक लब्सन गुरुङ र गणेश गुरुङले कोरीयोग्राफी गरेका छन । जसमा सह नृत्य सुमित गुरुङ तथा पबित्रा गुरुङको रहेको छ । पछिल्लो समय निकै चर्चामा रहेका गायक मनोज गुरुङ तथा पबित्रा गुरुङको स्वर रहेको यस गीतलाई आश गुरुङ (लमजुङ) ले रचना गरेका हुन गीतमा संगीत तेजेन्द्र गुरुङ भरेका छन ।

    यस भिडियोमा लब्सन गुरुङ तथा रोम्या गुरुङको बेजोड नृत्य देख्न पाईनेछ । खिम ब. गुरुङले छायाँकन गरेका यस चलचित्रमा छवि राना मगरको सम्पादन रहेको छ । आश ब. गुरुङ कार्यकारी निर्माता रहनु भएको चलचित्र मि न्हार्बै ट ‘आखा भित्रको फुल ’ लाई बुद्ध कुमार गुरुङ, राज कुमार गुरुङ र अमिर गुरुङले सयुक्त रुपमा निर्माण गरेका हुन । अर्जुन गुरुङ र ईश्वर गुरुङको सह निर्देशन रहेको चस चलचित्रलाई लेखन निर्देशन माओत्से तुङ गुरुङले गरेका हुन । 

    चलचित्रमा खेम ब. गुरुङ, सुमन गुरुङ (मिस चितवन) , सुमित गुरुङ, पबित्रा गुरुङ, एलिजा गुरुङ रोश्नी गुरुङ, धर्मदेव घले, चन्द्र प्रसाद गुरुङ, अमिर गुरुङ, बिबेक गुरुङ लगायतको प्रमुख अभिनय रहेको छ । चलचित्र मि न्हार्बै ट ‘आखा भित्रको फुल ’ को पोष्ट प्रोडक्सन हाल म्याक्सन फोर डी स्टुडियो पोखरामा भैरहेको छ । 

    हाल डबिङको क्रममा रहेको यस चलचित्रलाई भदौ अत्य सम्ममा प्रदर्शनमा ल्याईने निर्माता राज कुमार गुरुङले जानकारी दिए । चलचित्र मि न्हार्बै ट ‘आखा भित्रको फुल ’ मार्फत गुरुङ संस्कृति मध्य घाटुँ र घाँटुसरीको जीवन्त कथामा आधारीत रहेर चलचित्र तयार पारिएको यस अघि गुरुङ चलचित्र तमुस्यो र टुकी निर्देशन गरीसकेका निर्देशक माओत्सेतुङले बताए ।  
    गीत  हेर्नुस : 


    यो पनी हेर्नुस  :