• छविराज ओझा र शिल्पा पोखरेलबीच कुरा मिल्यो,भयो यस्तो सहमति

    काठमाडौं  २०७६ असार २६ 
    नेपाली चलचित्र जगतका ख्याती प्राप्त  निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच सहमति भएको छ । प्रहरी परिसरबाट  छलफलपछि बाहिरिने क्रममा शिल्पाले श्रीमान ओझाले सरी भनेको प्रतिक्रिया दिएका छन  । ओझाले भने सामान्य घर झगडा भएको भन्दै समस्या समाधान भइसकेको बताए । 
    एकले अर्काबीच कुनै किसिमको पारिवारिक र व्यक्तिगत आक्षेप नलगाउने प्रतिबद्धता जनाएपछि आज महानगरीय प्रहरी परिसरमा उनीहरुबीच कुरा मिलेको हो । 

     अभिनेत्री शिल्पा पोखरेलले ओझाको विरुद्ध घरेलु हिंसा भएको भन्दै प्रहरीमा उजुरी गरेपछि महानगरीय प्रहरी परिसर काठमाडौले उनलाई बोलाएको थियो । निर्माता ओझाले प्रहरीसमक्ष शान्ति सुरक्षामा कुनै पनि आँच आउने कुरा नगर्ने प्रतिबद्धता जनाएपछि दुवैबीच सहमति भएको प्रहरीले जनाएको छ ।

    शिल्पाले निवेदनमा छविसँग डिभोर्स समेत मागेको हल्ला बाहिर आएको थियो । छविले पोखरेललाई आपसी विवादको क्रममा हातपात गर्दा कानको जाली नै फुटेको छ । श्रीमान्ले आफूलाई हातपात गरी कानको जाली नै फुट्न पुगेको भन्दै पोखरेलले मंगलबार प्रहरीमा पुगेकी थिइन् ।

     निर्माता  छबिले शिल्पा कसैको निर्देशनमा आफूविरुद्ध लागेको आरोप लगाएका छन् । ‘मेरो चरित्र पूरै चलचित्रकर्मी र चलचित्र उद्योगलाई थाहा छ । कानको जाली फुट्नु त के एक थप्पड समेत हानेको छैन ।
    यो पनी हेर्नुस :