• निर्मला पन्तकी आमाले पाइन् नगरपालिकामा जागिर

    कञ्चनपुर  २५ असार 
    कन्चनपुरकी बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तकी आमा दुर्गादेवीले भीमदत्त नगरपालिकाका जागिर पाएकी छन् । उनलाई दैनिक हाजिरीमा काम गर्ने गरी नगरपालिकाले नियुक्त गरेको हो ।
    दुर्गादेवीले चार पाँच महिनादेखिनै जागिरका लागि आफूलाई आग्रह गरेको र लामो छलफलपछि नियुक्ति दिइएको उनले बताए ।
    पति अर्की श्रीमतीसँग बाहिरै बसेको र परिवार धान्न गाह्रो भएको भन्दै दुर्गादेवीले जागिरका लागि निवेदन दिएपछि मानवीय हिसाबले नियम कानुनभित्र रहेर ‘डोर हाजिरी’मा नियुक्ति दिइएको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले बताए । 
    नगरपालिकाले निर्मलाको लागि न्याय माग्ने आन्दोलनमा प्रहरीको गोलीबाट मृत्यु भएका सन्नी खुनाकी आमा मञ्जुलाई यसअघिनै जागिर  दिइसकेको मेयर बिष्टले बताए । 

    उनले निर्मला र सन्नी खुना दुवैका परिवारलाई नगरपालिकाको तर्फबाट यसअघिनै तीन तीन लाख रुपैयाँ राहत उपलब्ध गराइएको समेत जानकारी दिएका छन ।
    मेयर विष्टले भने ‘छोरीको बलात्कारपछि हत्या भयो । श्रीमानले हेर्दैनन् भनेपछि मानवीय हिसाबले पनि नगरपालिकाले उहाँको लागि सहयोग गर्नुपर्ने नै भयो । उहाँको योग्यताका कारण पनि कार्यालय सहयोगीको जागिर दिनुपर्ने हो तर हामीले कार्यालय सहयोगी भनेका छैनौं ।
    यो पनी हेर्नुस :