• बालुवाटार जग्गा प्रकरण : अख्तियार मलाइ सम्पर्क गरेकै छैनः गच्छदार

    काठमाडौं, ६ साउन 
    प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका उपसभापति तथा भुपु मन्त्री विजयकुमार गच्छदारले बालुवाटार जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन।  
    अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हाल बालुवाटार जग्गा प्रकरणको अनुसन्धान गरिरहेको गरीरहेकाे छ ।   तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रहेका गच्छदारसंग   पनि सोधपुछ गर्न  खाेज्दा  सम्पर्कमा नआएको समाचारहरु बाहिर आएको थियो ।
     सञ्चारकर्मीसँग कुुरा गर्दै साे अाराेपकाे  खण्डन  गरेका छन् खणडन गर्दै भने  ‘अख्तियारले मसँग अहिले सम्म सम्पर्क पनि गरेकै छैन मलाइ खबर पनि छैन’ गच्छदारले भने । उनले जग्गासम्बन्धी विवरण राख्ने भौतिक योजनाले नभई भूमिसुधार मन्त्रालय भएको भन्दै पूर्व उपप्रधानमन्त्री गच्छदारले भने, ‘भौतिक योजना मन्त्रीको हैसियतमा मैले सडक चौडा गर्ने प्रस्ताव मन्त्रिपरिषदमा मात्र लगिदिएको बताए ।  उनले आफ्नो पालामा प्रधानमन्त्री निवास बालुवाटार वरपरका सडकहरु चौडा गर्ने काम भएको बताए

      त्यो जग्गा कसको हो भन्ने अाफुलाइ थाहा नभएकाे बताए । बालुवाटार जग्गा प्रकरणमा अख्तियार वा सरोकारबाला निकायले छानविन गर्न सक्ने  भन्दै उनले अख्तियारले सोधपुछ गर्न चाहे सहयोग तयार रहकाे गच्छदारले बताए   ।