• निश्चल र स्वस्तिमालाई सम्मान गरिने

    २०७६ साउन १४ काठमाणडाैं
    ललित ब्यूटिसियन बहुउद्देश्यिय सहकारी संस्था लिमिटेड र ललित फरिया घरको आयोजनामा हिन्दु नारीहरूकाे महान पर्व हरिततालिका तीजको अवसर पारेर ‘तीज माइती मेला तथा सम्मान २०७६ को आयोजना हुने भएको छ । 

    जावलाखेलमा रहेको स्टिल टावर अगाडिको चौरमा साे कायर्क्रम साउन १६ गतेदेखि १८ गते तीन दिनसम्म आयोजना हुनेछ उक्त कार्यक्रममा कलाकारले पुर्याएको योगदानको कदर गर्दै आर्दश जोडी सम्मान २०७६ बाट नेपाली चलचित्रक्षेत्रमा तहल्का मच्चाएका युवा निर्देशक निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्कालाई प्रदान गरिने भएकाे छ । कार्यक्रममा सम्मान सँगै तीज माइती मेला कार्यक्रममा नाचगान, स्टल, कस्मेटिक, लोकदोहोरी गीत लगायत पनि हुने आयोजक संस्थाकी अध्यक्ष मिना कुमारी रिमालले बताउनुभयाे ।
    Watch This Also: