• भारतलाई गाली नगर : नेपाल सरकारकै कारण रौतहट डुबानमा परेको हो : अनिल झा (राजपा)

    काठमाडौं  २८ असार २०७६ शनिबार, 
     अबिरल बर्षाका कारण  नेपालका अधिकांस ठाउमा  पहाडमा बाढी पहिरो तथा तराईमा जता ततै डुवान भैरहेको छ  । 
    राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक एवम् प्रतिनिधिसभा सदस्य अनिल झाले  रौतहट डुबानमा  पर्नुको कारण खोलेका छन  उनले  भारतको कारण नभै नेपाल सरकारकै कारण  रौतहट डुबानमा परेको बताएका छन।

    राजधानीमा आज आयोजित   आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाल सरकारको अकर्मण्यताका कारण रौतहट डुबानमा परेको आरोप लगाउदै  भने, ‘हामीले गर्नुपर्ने काम चाहीँ हामी गर्दैनौं, अनि अरुले बाँध बाँध्यो भनेर हुँदैन । अर्काको बाँध किन हेर्नुपर्यो, मैले धेरैपटक संसदमा नै बाँध बाँध्नको लागि अनुरोध गरेको छु । भारतले आफ्नो नागरिकको सुरक्षा गर्न बाँध बनाएको हो । हामीले    पनि हाम्रो सुरक्षा गर्न हाम्रो बाँध बाँध्नुपर्छ । भारतलाई सरापेर हुँदैन ।

     उनले लगातारको वर्षाका कारण बाढी, पहिरो पीडित बनेकालाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरे । उनले सिंगो रौतहट डुवानमा परेको सुनाउँदै बाढी पीडितलाई सरकारले उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरे । उनले भने ‘ईतिहासमा यो भन्दा ठूलो बाढी कहिल्यै आएको थिएन् । यो वर्ष ठूलो बाढी आयो । ठूलो क्षति भएको छ ।


    अनिल झाले आफनाो राय राखेपनी  सन्धी अनुसार  नेपालले मनोमनी तरकिाले बांध बनाउन भने पाउने छैन  भारतकै अननुमती लिनुपर्ने हुन्छ  यो नेपाल र नेपालीको लागी दुखद कुरा हो ।    भारतले मनोमानी तरीकाले बांध खोल्ने र बन्द गर्ने गर्दा डुबानको समस्या भने टर्न सकेको छैन  । बषेनी यस्ता समस्या भोगीरहेको नेपालले अब दिर्घकालिन कदम चाल्नुपर्ने आवश्यक छ