• नेपाल डुबाएको बांध भत्किदा भारतको बिहार डुब्यो

    २०७६ असार २८
     बिगत केही दिन अघी देखीको अबिरल बर्षा संगै नेपालका बिभिन्न ठाउहरु डुबानमा परेका छन । होचो भुभागमा रहेको तराईका समथर भागहरु खासरी डुबानमा परेका छन । नेपाली भूमि डुबानमा परेपछि छिमेकीले साथ नदिएपनि प्रकृतिले साथ दिएको छ । 
    तर यही बाढीले फुटाएको बाँध भारतको बिहार डुबानमा परेपछि रुवाबासीचलेको छ । भारतको बैरगनिया र रौतहट सदरमुकाम गौर बीचमा पर्ने बाँध पानीको उच्च बहावका कारण आफैं फुटेको थियो । रौतहटको राजवेदी नगरपालिका स्थित बेलबिछुया बाँध शनिबार बिहान फुटेको थियो बाधँ फुटेपछि रौतहटमा पानी सतह घटेको छ भने भारतको विहार राज्य पूरै जलमग्न भएर त्यहाँका बासिन्दाहरु विस्थापित भएका छन् एक तलासम्म डुबानमा पर्दा नेपाली पक्षले पटकपटक आग्रह गर्दा पनि भारतीय पक्षले बाँध खोल्न अस्वीकार गरेको थियो नेपाली पक्षले बाँधको ढोका खोल्न आग्रह गरेपछि उल्टै बाँध भएको क्षेत्रमा भारतले आफ्नो एसएसबी तैनाथ गरेको थियो ।
    भारतलाई खतरा हुने भन्दै भारतीय सीमा सुरक्षा बल एसएसबी प्रयोग गरेर बाँध नखोल्ने हठ गरेको थियो । बाँध फुटेपछि नरेन्द्र मोदी नेतृत्वको सरकारले फेरि बाँध थुन्न दबाब दिईरहेका समाचारहरु समेत बाहिरिएका छन् । अझै बर्षा जारी रहेकोले सम्भाििबत खतराको अलर्ट सबै ठाउमा गरीएको छ