• ट्राफिक प्रहरीले गलत काम गरे मलाइ खबर गर्नुस कडा कारबाही हुन्छः महानिरीक्षक खनाल

     काठमाडौं साउन  ३  
    नेपाल प्रहरी प्रमुख सर्वेन्द्र खनालले गल्ती गर्ने जाे सुकै  ट्राफिक प्रहरी लाइ पनी कडा कारबाही गर्ने चेतावनी दिएका छन ।   शुक्रबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक  खनालले यातायात व्यवसायीलाई   ट्राफिक  प्रहरीले कही कतै पनी कानुनकाे पालना नगरी  गलत काम गरे तत्काल आफूलाई खवर गर्न पनि अनुराेध गरेका छन  । 
     उनले   ट्राफिक प्रहरी ले बिशेष गरी यातायात क्षेत्रमा गलत रवैया नदेखाउन पनि  सचेत गराए । जनतालाइ सेवा दिन बसेको प्रहरी संगठनले यातायात क्षेत्रमा कुनै पनि अनावश्यक झमेला दिन नमिल्ने खनाले दाेहर्रयाए  । महानिरीक्षक  खनालले  सडक दुर्घटना हुन नदिन सवारी चालकहरुलाई बिशेष सचेत हुन आग्रह गरे   खनालले यातायात क्षेत्रमा हुने गुण्डागर्दीलाई  नियन्त्रण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।