• विप्लव नेकपामा आउनुपर्छ या सिद्धिनुपर्छ त्याे बाहेक बिकल्प छैन : प्रचण्ड

    साउन १३ काठमाडौं 
    नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा विप्लव समूह छाडेर आएका नेता कार्यकर्तालाई सोमबार पार्टी प्रवेश गराउँदै प्रचण्डले  ‘संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउने पार्टी, नेताहरुलाई सिद्ध्याउन पाइयो भने यसलाई उल्ट्याउन सकिन्थ्यो भनेर आजभोलि षडयन्त्र र प्रचारहरु भइरहेकाे बताएका छन । यो उल्टियो भने नेपालले दुःख पाउने, नेपाल नै बर्बाद हुने खतरा छ प्रचण्डले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र रहेसम्म आफूहरु कोही पनि कमजोर नहुने बताए

    विप्लव समूहका रमण घिमिरेसहितका कार्यकर्ताहरुलाई सोमबार पार्टी प्रवेश गराउँदै प्रचण्डले विप्लव समूहले सिद्धिने या नेकपामा समाहित हुने एक विकल्प रोज्नुपर्ने पनि बताएका छन । उनले थपे कुनै उपाय छैन ढिलो छिटो विप्लव पनि यहीँ आउनुपर्छ, या सिद्धिनपर्छ । प्रचण्डले विगतमा पार्टी परित्याग गरेकाहरु पनि अहिले फर्किन थालेको भन्दै खुसी व्यक्त गरे । उनले भने, ‘तपाईंहरु ठीक समयमा, ठीक निर्णय गरेर ठीक ठाउँमा नै आउनु भएको छ ।
    मैले भन्ने गरेको छु, ढिलो छिटो विप्लव पनि यहीँ आउनुपर्छ ।’ उनले विप्लव समूहले थालेको संघर्ष सफल नहुने ठाेकुवा गरे । माओवादी पार्टी विभाजन हुनुको जिम्मेवारी आफूले लिने पनि उनले बताए । म मुख्य लिडर हुनुको नाताले त्यो बेलामा साथीहरुलाई बुझाउन सकिनँ प्रचन्डले भने ।