• साउन १ बाट नेपालमा इन्टरनेट शुल्क १३ प्रतिशत बढ्ने

    काठमाडौं  असार ३१ 
    ईन्टरनेट प्रोगकर्ता दिनहु बढिरहेको तथा बजारमा इन्टरनेटको भाउ सस्तो भैरहेको बेलामा  नेपालमा भने  साउन १ गतेदेखि सर्वसाधारणले चर्को मुल्य  तिर्नुपर्ने  भएको  छ ।
    नेपाल  सरकारले लगाएको दूरसञ्चार सेवा शुल्क, इन्टरनेट सेवा प्रदायकले साउन १ देखि ग्राहकबाटै उठाउने निर्णय गरेपछि सर्वसाधारणले तिर्ने इन्टरनेटको शुल्क १३ प्रतिशत महंगो हुने भएको छ  । 
    इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष भोजराज भट्टले गत आर्थिक बर्षको  सहमति सरकारले कार्यान्वयन नगरेकाले आफूहरुले  शुल्क सर्वसाधारणबाटै उठाउने निर्णय गरेको जानकारि दिए  । 
    ‘गत वर्ष सरकारले दूरसञ्चार नियमावली संशोधन गरी सरकारले दूरसञ्चार नियमावली संशोधन गरी दूरसञ्चार सेवा शुल्कको ५० %  रकम कर छुट हुने व्यवस्था गरिदिने र ५० %  दूरसञ्चार सेवा प्रदायकले ब्यहोर्ने सहमति भएको भट्टले बताए । 
    अब इन्टरनेट प्रयोगकर्ता ग्राहकले आफूले तिर्दै आएको शुल्कमा १३ प्रतिशत शुल्क थपेर तिर्नुपर्नेछ ।सरकारले दूरसञ्चार नियमावली संशोधन नगर्दा आफूहरुलाई आर्थिक भार परेकाले ग्राहकहरुसँग उठाउने निर्णय गरेको  इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष भोजराज भट्टले जानकारि दिए  ।