नेपालमा आइफा अवार्ड आयाेजना हुन्छ तर पैसा दिन्नौ : संचार मन्त्री बाँस्काेटा

२०७६ असार १७
काठमाण्डाै
संचार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता गोकुल बास्कोटाले आइफा अवार्डका लागि बजेट दिने योजना सरकार नरहेको स्पष्ट पार्नु भएको छ ।
नेपाली चलचित्र लागि केही पनि योगदान दिन नसकेको सरकारले बलिउडका कलाकारहरुको अवार्डका लागि एक अर्ब बजेट दिने हल्ला सार्बजनिक भएसंगै चर्को बिरोध भएको थियो ।

मन्त्री बास्कोटाले आइफा अवार्ड नेपालको हितमा हुने भएकाले त्यसलाई सम्पन्न गरेरै छाडने बताउनुभयो ।
मंगलबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरुले त्यस अवार्डबारे प्रश्न उठाएपछि उहाँले आइफा अवार्डका लागि बजेट दिने सोचाइमा सरकार नरहेको प्रष्टयाउनु भएको हो ।
मन्त्री बास्कोटाले आइफा अवार्डको प्रसंग उल्लेख गर्दै सरकारले कुनै पनि क्षेत्रमा घाटाको व्यापार नगर्ने स्पष्ट पार्नुभयो । उहाँले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन पनि सरकारले आइफा अवार्ड आयोजना गर्न स्वीकृति दिएको बताउनुभयो ।