• सरकारले लम्पसारवादी नीति लियो : कांग्रेस

    काठमाडौं २२ असार
    प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकार  विषादी परीक्षण गर्ने निर्णयबाट पछि हटेर घुँडा टेकेको आरोप लगाएको छ ।
    कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले भारत लगायत अन्य मुलुकबाट आयात हुने तरकारी तथा फलफूलमा सीमा नाकामै विषादी परीक्षण गर्ने निर्णयबाट पछि हटेर सरकारले घुँटा टेकेको बताएका हुन ।
    आइतबार संसद बैठकको सुरुमै बोल्दै   खाँडले   भने सरकारले लम्परासवादी नीति लिएको छ । ‘सरकारले घुँडा टेकेको छ,  यो लम्पसारले आम नेपालीको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरेको छ ।
     ‘पहिले किन रोक्नुभयो, पछि किन घुँडा टेकेर खोल्नुभयो ?
    सरकारले पहिले आम नागरिकलाई विषादीयुक्त खानेकुरा खान दिन्न भन्दा आफूहरुले समर्थन गरे पनि केही दिनमा फेरि जजनताको जीवनसँग खेलवाड गर्दै निर्णयबाट पछि हटेको उनले बताए ।