• ICC सन्तुष्ट ३ महिना भित्रमा नेपाल क्रिकेट संघ माथीकाे निलम्बन फुकुवा !

    २०७६ साउन ९ 
    पछिल्लो समय नेपाली क्रीकेट टोलीले निकै सफलता हािसल गरीरहको छ । यही आउदाे कार्तिक (अक्टोबर) महिनामा नेपाल क्रिकेट संघ (क्यान) माथी रहेकाे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) काे निलम्बन फुकुवा गर्ने बाटो खुलेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को हालै सम्पन्न साधारणसभाले नेपालमा भएको चुनावी प्रक्रियाको समेट समीक्षा गरेको छ । बैठकले नेपालको निर्वाचन प्रक्रिया पूरा भए निलम्बन फुकुवा गर्न बोर्डलाई म्याण्डेट दिएको हाे ।
    अब आईसीसीको बोर्ड बैठक अक्टोबरमा बस्नेछ स्वतन्त्र समितिका सदस्य रइस थापाका अनुसार अब आईसीसीको साधारणसभा बसिरहनु पर्दैन, बोर्डले नै निलम्बन फुकुवा गर्न सक्छ तर नेपाल क्रिकेट संघको जिल्ला, प्रदेशसँगै केन्द्रको चुनावी प्रक्रिया भने पूरा हुनुपर्नेछ । अहिलेसम्म ३९ मध्ये ३७ जिल्लाको चुनाव भइसकेको छ । सबै ठाउकाे चुनाबपछी आगामी सेप्टेम्बरसम्म नेपाल क्रिकेट संघ (क्यान) को सम्पूर्ण संरचना तयार गर्ने कार्यतालिका रहेकाे छ । क्यानलाइ आईसीसीले अागामी सेप्टेम्बर अन्तिमसम्म केन्द्रको चुनाव गर्न निदेर्शन दिएकाे छ । क्यानले नयाँ कार्यसमितिले कार्यभार हस्तान्तरण गरेपछि अक्टोबरमा बस्ने आईसीसीको बोर्ड बैठकले नेपालको निलम्बन फुकुवा गर्नसक्ने सम्भावना प्रबल बनेकाे हाे ।