• गुल्मीको पहिरोमा ज्यान गुमाउनेको संख्या १३ पुग्याे

    श्रावण ९ गुल्मी प्रदेश ५ गुल्मी जिल्लाकाे सत्यवति गाउँपालिकाका दुई स्थानमा पहिरोमा परेर १३ जनाकाे ज्यान गएकाे छ । पहिरोमा परेर बेपत्ता भएका लिम्घाका डेढ बर्षीय बालक सञ्जु विक र ७ वर्षिय तारा बिक तथा ठुलोलुम्पेकका माया बिक र बवि विकको शव फेला परेको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बनाउनुभयो । यो सँगै गुल्मीकाे २ स्थानमा ३ वटा घरमा पहिरोले क्षती पुराएर १३ जनाको मृत्यु भएको हो ।

    बेपत्ता मध्ये ३ जनाको हिजो साँझ र १ जनाको आज बिहान सव फेला परेको प्रहरीले जनाएको छ । पहिरोमा घाइते भएका ठुलो लुम्पेकका करिष्मा र धनी त्रामुलाई हेलिकप्टर मार्फत उपचारको लागि काठमाण्डौ पठाइएकाे छ । सडक अबरुद्ध भएपछि हिजो साँझ हेलिकप्टर मार्फत केहि राहत पहिरो प्रभावित क्षेत्रमा पठाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभएकाे ङ । हाल ठुलोलुम्पेकको सिङ्गदी गाउँ पहिरोको उच्च जोखिममा रहेको छ ।अहलिे पहिरोले ठुलो मानवीय तथा भौतिक क्षति पुर्‍याएका दुई स्थानका करिव ६ सय घरपरिवारलाई सुरक्षित स्थान तर्फ सारिएको छ ।