• १६ किलो सुन गाेरखाकाे गुफामा भेटियो

    २०७६ साउन ९ ३६ किलाे सुन काण्रड लगभग सेलाइसकेकाे छ तर गोरखाको धार्चे गाउँपालिका -३ खोर्लाबेशीमा गुफामा लुकाएर राखिएको १६ किलाे सुन प्रहरीले बरामद गरेको छ । तर जुन सुन गारे काणडकाे नभएर चुमनुब्री गाउँपालिका हुल्चुकका ब्यापारी धनकमल गुरुङले ओढारमा ढुंगामुनि लुकाएर राखेको १६ वटा बिस्कुट साइजका सुन बरामद गरेको गोरखाका प्रहरी प्रमुख एसपी ओम अधिकारीले बताएका छन ।
    गाेरखामा सुन भेटिएपछी स्थानीय माछाखोला प्रहरी चौकीले १२ ढिक्का सुन बरामद भएको जानकारी दिए पनि जिल्ला प्रहरी प्रमुख एसपी अधिकारीले १६ ढिक्का नै भेटिएको बताएका छन । ब्यापारी धनकम काठमाडौंमा पक्राउ परेपछी उनले ओढारमा सुन लुकाएको ठाउँ स्वयं देखाएका थिए । गत २०७६ असार ११ गते मध्यरातमा खच्चडलाई सुन बोकाएर गोरखाको उत्तरी सीमानाबाट धार्चे गाउँपालिकाको माछाखोलातर्फ जाने क्रममा लुटेरा समूहले धनकमललाइ आक्रमण गरेको खुलाएका थिए । धनकमल माथिको आक्रमण काे अनुसन्गधान गर्दा प्रहरी १६ किलो सुनसम्म पुग्न सफल भएकाे हो ।