• हिमालको पानी ’ लैजान क–कसकाे चासो ?

    २०७६ साउन ७ नेपालको हिमाली र पहाडी क्षेत्रका पानीमा मानव स्वास्थ्यमा लागि आवश्यक खनिजतत्व (मिनरल्स) हरू हुन्छन् । त्यसैले विदेशमा यस्तो पानीको माग उच्च रहेको बोटल्ड वाटर उद्योगीहरू बताउँछन् । हिमाली क्षेत्रको पानी विदेशका तारे होटलहरूमा धेरै खोजिन्छ । नेपालकै तारे होटलहरूमा पनि यस्तो पानीको माग उच्च छ । नेपालको हिमालय क्षेत्रको शुद्ध पानी किन्न सकिने सम्भावना बारे दक्षिण कोरियाली कम्पनीले चासो देखाएका छन ।
    कोरिया पुगेको नेपाल उद्योग वाणिज्य संघको एक टोलीसँग त्यहाँका पानी प्रशोधन गर्ने कम्पनीहरूले अाप्रनाे चासाे देखाएका हुन् । त्यसै गरी नेपालको हिमाली क्षेत्रको पानी आयात गर्न खाडी देशले पनि चासो देखाएका छन् । खानेपानी मन्त्री वीना मगरसँगको छलफलमा नेपालका लागि कतारी राजदूत बिन मोहम्मद अल हेलले नेपाली हिमाली क्षेत्रकाे पानी लानै बारे औपचारिक रूपमै चाेसाे देखाएका थिए । नेपालका हिमाली भेगकाे पानीलाई कतार लैजाने वातावरण तयार गर्न उनले मन्त्री मगरसँग आग्रह गरेका थिए । राजदुतले आवश्यक नीतिगत व्यवस्था र पूर्वाधार तयार गरेर निर्यातको योजना बनाउन मन्त्रालयलाई अनुराेत्ध गरेका थिए । नेपाल बोटल्ड वाटर उद्योग संघका अध्यक्ष सुवास भण्डारीका अनुसार ४ वटा कोरियन कम्पनीले बीजनेस–टू–बिजनेश (बीटूबी) बैठकमा नेपालमा ‘ग्लासियर’ पानीको उत्पादन र निर्यातको व्यवस्थबारे जानकारी लिएका थिए । नेपालमा त्यस्तो पानी उत्पादन भएमा कोरियामा त्यसको ठूलो बजार रहेको भन्दै उनीहरूले सहकार्यका लागि नेपाली व्यवसायीलाई अनुरोध गरेका थिए । कोरियन कम्पनीहरूले आवश्यक परे आफूहरू त्यस्तो पानीको उत्पादन र अन्तर्राष्ट्रिय बजारीकरण सहभागी हुन सक्ने बताएको भण्डारीले जानकारी दिए । ३ हजार मिटरभन्दा माथिको उचाइका क्षेत्रमा हामी त्यस्तो पानी प्रशस्तै उत्पादन गर्न सक्छौं,’ उनले भने, ‘हिउँबाट पग्लिएको पानीलाई कुनै पनि मिनरल पनि नहाली सीधै बोटलिङ गर्नेमा कोरियनको चासो छ । तर सरकारले हालसम्म पानी निर्यातको स्पष्ट नीतिगत व्यवस्था गरेको छैन । हालै प्रस्तावित खानेपानीसम्बन्धी विधयेकमा भने नेपालले पानी उत्पादन गरेर बिक्री गर्न सक्ने कानूनी व्यवस्था गरिएको छ । छिमेकी मुलुक भारतमा पनी खानेपानीकाे ठूलाे बजार छ । प्रोसेस्ड वाटर भारतमा पनी पठाउन सकिन्छ भारत पठाउन क्वारेन्टाइनलगायतका समस्या रहेकाे छ । त्यसैले दुबै देशकाे सरकारहरूबीच जीटूजी सम्झौता गरेर भारतमा नै नेपालको पानी निर्यात गर्ने वातावरण बनाउनुपर्ने व्यवसायी बताउछन् । ‘बेबी वाटर’ भनिने नेपालको हिमनदी र पहाडी क्षेत्रको ठूला मुहानका पानीलाई खाडीसहित युरोपियन देशहरूमा निर्यात गर्न सकिने सम्भावनाबारे ‘डेस्क स्टडी’ गरेको थियो । अहिले पनी नेपालका पानी बिदेशमा अायात भैरहेकाे छ । ‘हिमालय वन–टप’ कम्पनीले रसुवा जिल्लाबाट पानी विदेश निर्यात गरिरहेको छ । यो कम्पनीले लाङटाङ क्षेत्रको पानीलाई सामान्य रूपमा प्रशोधन गरेर युरोप पठाउँदै अाएकाे छ । हिमालबाट आएको पानीलाई विदेश पठाउने योजनमा नेपाल सरकार पनि छ । यसाे गरेमा नेपालको व्यापार घाटा घटाउन मद्दत पुग्नेछ। मुहान खोज्दै जादा सरकारले हालै गरेको अध्ययनमा नेपालका एक दर्जनभन्दा बढी क्षेत्रबाट विदेशमा निर्यातयोग्य पानीको उत्पादन गर्न सकिने देखिएको छ । खानेपानी विभागले गरेको एक अध्ययनबाट विभिन्न क्षेत्रहरू पहिचान भएका छन् । जसमा कञ्चनजंगा, सगरमाथा, अपी, लाङटाङ, अन्नपूर्णलगायतका हिमश्रृंखला र संरक्षण क्षेत्रभित्र यस्तो पानी उद्योगको प्लान्ट लगाउन सकिने देखिएको हाे ।