पहिरोलेपुरिँदा भोजपुरमा ३ जनाको ज्यान गयो

असार २८, २०७६ भोजपुर
भोजपुर जिल्लामा केही दिन देखी परेको लगातारकाे वर्षासँगै खसेको पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको ज्यान गएको छ ।
रामप्रसाद राई गाउँपालिका–५, मानेभञ्ज्याङमा कुमार राईको घर पहिरोले पुरिँदा ज्यान जानेमा उहाँकी श्रीमती मनकुमारी राई, दुई छोरा शिवकुमार राई र शक्तिकुमार राईको रहेका छन।
पहिराे गएका बेला कुमार राई भने घरमा नभएकाे प्रहरीले जानकारी दिएकाे छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवंशी का नअुसार शनिबार बिहान करिब ब10 जेतिर घरमाथिबाट खसेको पहिरोमा पुरिएर घरमा रहेका राईका श्रीमती र दुई छोराको ज्यान गएको हो ।
अहिले एक्स्काभेटरकाे सहयाेगमा शव निकाल्ने प्रयास भैरहेकाे प्रहरीले जनाएको छ ।
