• शिक्षण अस्पतालको क्यान्टिनमा फोहोर खाना–डाक्टरले खाँदैनन

    काठमाडौं साउन ४ महाराजगञ्ज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालकै एमबी क्यान्टिनको खाना गुणस्तरही भएकाे रहस्य खुलेकाे छ । अस्पतालकाे क्यान्टीनले गुणस्तरहीन खाना खुवाएको भन्दै चिकित्सकहरुले अस्पतालको क्यान्टिनमा खाना / खाजा खान छाडेका छन ।

    एमबी क्यान्टिनले विगत ५ बर्षदेखि अस्पतालसँग सम्झौता गरेर अस्पतालका आवासिय चिकित्सक, ड्युटीका कर्मचारी तथा बिरामीहरुलाई दैनिक खाजा र खाना खुवाउँदै आएको भएपनी चिकित्सकहरुले गुणस्तरहीन फाेहाेर खाना खुवाएको भन्दै पटक–पटक अस्पताल प्रशासनसँग ताकेता गरेका थिए तर पनि खानाकाे गुणस्तरमा कुनै सुधार नभएकाे भन्दै ३ दिनदेखि अस्पतालको क्यान्टिनमा खाना नखाएको शिक्षण अस्पतालका चिकित्सकहरु बताउँछन। चिकित्सकहरु क्यान्टीनकाे खाना खाजा नखाएपनी अस्पतालमा पुगेका जनताले भन्न उक्तगुणस्तरहीन खाना खान बाध्य छन । हेर्नुस भिडियाे