शिल्पाले मागिन चलचित्र जगतका "बा " अर्थात छबिराज सँग डिभोर्स !

भोजपुर, २५ असार
नेपाली चलचित्र जगतका नाम कहलिएका निर्माता हुन छविराज ओझा ।उनलाई चलचित्र उद्योगमा बा भनेर समेत सम्बोधन गर्ने गरिन्छ ।
चर्चित अभिनेत्री रेखा थापासँग एक दशकको सम्वन्धलाई टुंग्याउदै निर्माता छविराज ओझाले अर्की अभिनेत्री शिल्पालाई २०७३ तिरको ताका बिबाह गरेका थिए । त्यतिबेला छविराजकै पुर्वपत्नी रेखा थापाले छविराजले विहे गरेको तर खुलासा नगरेको बताएपछि उनिहरुको बिहे भएको खबर भाइरल भएको थियो ।
उनिहरु पछिल्लो समय निरन्तर सार्वजनिक कार्यक्रममा एकसाथ उपस्थित हुने गरेका थिए ।
मिडियामा विभिन्न किसिमका गसिप, उनिहरुका अपुरा अभिव्यक्ती निरन्तर आइरहेपछि उनिहरुले केहि महिनाअघि मात्रै आफुहरुको विहे भएको स्विकार गरेका थिए ।
उनिहरुले आफुहरुको सम्बन्धमा खटपट नरहेको संकेत गरिरहेपनि शिल्पा र छविराजबिच पछिल्लो समय खासै राम्रो सम्वन्ध नरहेको छविराज शिल्पा निकटको भनाई छ । उता छविराज आफ्ना बुढ्यौली साथिभाईहरुसँग पहिले जस्तो खासै नखुल्ने गरेको बताइन्छ । पुतलीसडक–दरवारमार्ग लगायतका स्थानमा कफिको स्वादमा शिल्पाले यो सम्बन्धमा खासै मिठास नरहेको बताउँदै आएकी छिन् ।
शिल्पा पोखरेलले सम्वन्धमा राम्रो हुन नसकेपछि छविसँग डिभोर्स मागेको चर्चा चल्न थालेको छ । उनिहरुका अति निकट व्यक्तीहरुका अनुसार यो सम्वन्ध कुनै हालतमा अगाडी बढ्ने वाला छैन । शिल्पाले पछिल्लो केहि समयदेखि छविसँग डिभोर्स मागिरहेकी छिन् तर छविले दिन खोजिरहेका छैनन् ।
अहिले आएर अर्को खबर भाईरल भैरहेको छ जसमा शिल्पाले घरेलु िहंसा को सामना गर्नुपरेको बताएकी छिन उता छवि राज ले भने घरको झगडा, गाली गरेको मात्र स्पस्टीकरण दिएका छन । अध्यपी उमेर अन्तर निकै बढी भएको र उतार चढाब भैरहेकोयो जोडीको सम्बन्धले लामो यात्रा तयार गर्ला अथवा पुर्णबिराम लाग्ला त्यो भने हेर्न बाकी छ ।
