७० हजारमा मोटरसाइकलदेखि हेभी गाडीको नक्कली लाइसेन्स !


काठमाडौं असार १९ 
 नेपाल प्रहरीले नक्कली लाइसेन्स बनाउन संलग्न ४ जनालाई पक्राउ गरेको छ । रामेछाप जिल्लाका  मुनालकुमार मोक्तान, सिन्धुपाल्चोकका राजेशकुमार श्रेष्ठ, काठमाडौंका राधेश्याम नगरकोटी र रुपेन्द्र दर्जी पक्राउ परेका हुन।

चालक अनुमती पत्र तयार पार्ने गरेका थिए । पक्राउ परेकाहरुको फोटोकपी पसल ब्याबसाय समेत रहेका छन त्यहीँ उनीहरुले नक्कली लाइसेन्स बनाउने गरेका थिए ।’
महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकु र महानगरीय ट्राफिक प्रहरी महाशाखाको संयुक्त टोलीले उनीहरुलाई बिहीबार दिउँसो पक्राउ गरेको हो ।
महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार उनीहरुले प्रतिव्यक्ति ६० देखि ७० हजार रुपैयाँसम्म लिएर नक्कली लाइसेन्स बनाइदिने गरेको खुलेको छ । ट्राफिक प्रहरीले गरेको चेकजाँचका क्रममा लाइसेन्समा कैफियत देखिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।
पक्राउ परेकाविरुद्ध सरकारी कागजात कीर्ते गरेको कसुर अन्तरगत म्याद थप गरेर विस्तृत अनुसन्धान हुनेछ ।  मोटरसाइकलदेखि हेभी गाडीको लाइसेन्स समेत बनाएको देखियो’, थापाले भने, ‘यातायात व्यवस्था कार्यालयको ६० वटा नगदी रसिद पनि बरामद भएको छ ।’

सागर आले को एकतर्फी माया "भावनाका शब्द" सार्बजनिक (हेर्नुस् भिडियो )

Watch This Video Also :