• आज केही ठाउँमा अबिरल पानी पर्ने सम्भावना, सतर्क रहन आग्रह

    काठमाण्डौ २०७६ साउन ४ 
    नेपालमा मनसुन सुरू भएसंगै अाएकाे निरन्तर बर्षा पछी केही दिन अगाडी देखि रोकिएको पानी पर्ने सम्भावना अब फेरि बढ्ने सक्ने मौसमविद्ले बताएका छन ।

     न्यूनचापीय रेखा नेपाल नजिकै रहेको तथा बंगालको खाडीबाट आएको जलवाष्प मिसिएके हावा र स्थानीय वायुको प्रभावकाे कारणले गर्दा पानी पर्ने सम्भावना बढेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विभूति पोख्रेलका अनुसार अहिलेकाे माैसम प्रभावले काठमाण्डौ उपत्यका अासपास लगायत रामेछाप, ओखलढुङ्गा, कैलाली, डडेलधुरा, डोटी, धनकुटा नवलपरासी, चितवन, लगायतका जिल्लामा मेघ गर्जनसहित पानी परिरहेको छ ।

     यो क्रम अझै बढ्ने सक्ने माैसमबिदहरूके अनुमान छ । शनिबार देशभरिकै मौसम आशिंकदेखि सामान्य बदली भई केही ठाउँमा अबिरल पानी पर्ने सम्भावना रहेको मौसमविद् पोख्रेलले बताउनुभयो । केही ठाउँमा ठूलो पानी पर्ने भएको बाढी र पहिरोको जोखिम रहेको ठाउँका बासिन्दालाई सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुराेध गरेकाे छ ।