• इमरान खानको निर्णय अमेरिका भ्रमणमा खर्च जोगाउन होटेलमा बास नबस्ने !

    असार २४
    इस्लामावाद 
     पाकिस्तानका पुर्व खेलाडी तथा   प्रधानमन्त्री इमरान खानले अमेरिका भ्रमणको क्रममा आफ्नै राजदुतको आवासमा बस्ने  निर्णय गरेका छन । 
    आगामी २१ जुलाई देखि हुने तीन दिने भ्रमणमा उनी अमेरिकाका होटलमा बास नबस्ने भएका हुन । पाकिस्तानी मिडियाले जनाएअनुसार इमराख खान अमेरिकाका लागि पाकिस्तानी राजदूत असद मजीदको आवास मै बास बस्नेछन । मजीदको आवास वाशिंगटनको मुख्य राजनीतिक इलाका पर्दछ ।

    त्यहाँ पाकिस्तानी दुतावास सँग सँगै अन्य  देशका दूतावास पनि छन् । एक रिपोर्ट अनुसार दुतावासबाट उच्चस्तरीय भेटघाटमा भने समस्या हुनसक्नेछ । दूतावासको सानो ठाउँमा भेटघाट गर्न इमरानलाई झन्झटीलो हुन  सक्ने  बताइएको छ । साथै इमरानलाई भेटघाटको क्रममा हिंड्दा वासिंटनको ब्यस्त ट्राफिकलाई पनि सामना गर्नुपर्ने छ ।

    यध्यपी पाकिस्तानको अर्थतन्त्र कमजोर भएको बेलामा देशको प्रमुख ब्यक्तिले अपनाएको निर्णयलाई पाकिस्तानी  तथा बिश्व जगतले तारिफ गरेका छन  ।  
    यो पनी हेर्नुस :